बुटवल । तत्कालका लागि बुटवलबाट राजधानी नसार्न आग्रह गर्दै नेपाली काङग्रेस रुपन्देहीले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
पूर्वाधार निर्माणका काम नहुँदै हतारमा बुटवलबाट राजधानी सार्नु उचित नहुने भन्दै मुख्यमन्त्री कुलप्रसाद केसीको ध्यानाकर्षण गराएको हो ।
मुख्यमन्त्री कार्यालयका सचिव राजेन्द्र थापामार्फत आज मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै नेपाली काङग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले प्रदेश सभाको नियमित काम गर्न समेत संरचना निमार्ण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असर तर्फ प्रदेश सरकार सचेत हुनुुपर्ने बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै सचिव थापाले प्रदेश सभासँगै केही मन्त्रालय स्थायी राजधानीमा राख्ने तयारी गरिएको बताउनुभयो । आफ्नो कार्यकालमा तोकिएको ठाउँमा राजधानी स्थापना गर्ने मुख्यमन्त्रीको इच्छा रहनु स्वभाविक भएको बताउँदै तत्कालै सबै संरचना नजाने बताउनुभयो ।