बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले शिक्षा क्षेत्रको बिकास र उन्नयनका लागि प्रदेश सरकारले काम अघि बढाएको बताउनु भएको छ ।
शिक्षा क्षेत्रको बिकास पछि मात्रै समग्र मुलुकको बिकास हुने भन्दै मुख्यमन्त्री गिरीले शिक्षा क्षेत्रमा लगानी बृद्धि गर्न प्रदेश सरकार सकारातमक रहेको बताउनुभयो ।
रुपन्देहीको सियारीमा रहेको पब्लिक माध्यामिक बिद्यालय स्वर्ण महोत्सवको उद्घाटन गर्दै मख्यमन्त्री गिरीले प्रदेशका अधिकांश सरकारी बिद्यालयले सिमित श्रोत र साधनका बाबजुत उत्कृट कार्य गरेको बताउनुभयो ।
उहाँले सियारीमा रहेको पब्लिक माबिले नीजि स्कुलले भन्दा गुणस्तरिय शिक्षा प्रदान गरेको बताउदै सैद्धान्तिक र व्यवहारिक शिक्षालाई युग सुहाउदो रुपमा अगाडि बढ्न आग्रह गर्नु भयो । उहाँले सरकारलाई आबश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै पुर्व शिक्षामन्त्री तथा वसिउद्धिन खां, सासंद तुलसीप्रसाद चौधरी, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, सम्मरीमाई गाउँपालिकाका अध्यक्ष बिनोद श्रीवास्तव, सियारीका पुर्व गाउँपालिका अध्यक्ष अयोध्याप्रसाद चौधरी, बिद्यालयका प्रथम पिएचडी डाक्टर बिष्णुप्रसाद मरासिनी लगाएतले बोल्दै बिद्यालयको उन्नती र प्रगतीका लागि आआफुनो ठाउँबाट आबश्यक सहयोग गर्ने बताउनु भएको छ ।
आजदेखि १२ गते सम्म बिभिन्न कार्यक्रम गरी स्वर्ण महोत्सव गरी मनाउन लागिएको बिद्यालयका प्राचार्य डिलाराम खनालले जानकारी दिनुभयो ।