काठमाडौं । अनागरिक रवि लामिछानेले आज नेपाली नागरिकता लिनुहुने छ । नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जानुुहुने छ ।
गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उहाँले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गर्नुभएको छ ।
जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने नपर्नेवारे जिज्ञासा राखेको थियो । तर, आदेशमा नागरिकता लिने प्रक्रियाबारे थप केही नबोलेकाले नियमित प्रक्रियाबाट दिदा फरक नपर्न भनिएकाले नागरिकता लिने तयारी गरिएको हो ।