बुटवल । लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुद्धबहादुर थापा नियुक्त हुनुभएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थापालाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।
बुटवल बहुमुखी क्याम्पसमा लामो समय राजनीतिशास्त्र अध्यापन गराएका थापा नेपाल प्राध्यापक संघका पूर्व केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।राजनीतिशास्त्रमा विद्यावारिधि गरेका थापाले कानुनमा स्नातक गर्नुभएको छ ।