बुटवल । गण्डकी र कोशी प्रदेशका विभिन्न स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार गत २४ घण्टामा कोशी प्रदेशको ताप्लेजुङमा भारी वर्षा भएको छ । ्अन्य स्थानमा भने भारी वर्षाको सम्भावना नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी कोशी प्रदेशकै तराईका भूभागका साथै देशका अन्य पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, गण्डकी, मधेश र बागमती प्रदेशमा मनसुन सक्रिय हुँदा पश्चिमतिर भने मनसुनी प्रणाली विस्तारै सर्ने क्रममा छ । पानी पार्ने मनसुनी प्रणाली दुई–चार दिनपछि पश्चिमतिर सर्ने सम्भावना छ ।