बाँके । पूर्व– पश्चिम राजमार्ग अन्तर्गत बाँके र दाङको सिमानामा पर्ने शिवखोलामा खसेको ट्रकका चालकलाई साढे चार घन्टापछि उद्धार गरिएको छ।
मल लिएर भैरहवादेखि नेपालगञ्ज जाँदै गरेको लु १ ख ४६०९ नम्बरको ट्रक बिहान ४स्५० बजे लमही नगरपालिका(९ स्थित पुलबाट शिवखोलामा खसेको थियो।
ट्रक खसेपछि अगाडिको भाग जमिनमा धसिँदा चालक रूपन्देहीको लुम्बिनी संस्कृत नगरपालिका– ६ का ३८ वर्षीय बसन्त लोहनीया सिटमै च्यापिनुभएको थियो ।
ट्रक खोलामा खसेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय अमेलियका प्रहरी निरीक्षक सुरेन्द्र बर्तौलाको टोली बिहान ५ बजे दुर्घटनास्थल पुगेको थियो। ट्रकका लुम्बिनी संस्कृत नगरपालिका–७ का १८ वर्षीय प्रदीपकुमार लोहनीया भने हाम फालेर बाँचेका थिए।
सिटमा च्यापिए पनि चालक बोलिरहनुभएको थियो ।‘ नआत्तिउन् भनेर हामी उहाँग बोलिरहेका थियौं,’ इन्सपेक्टर बर्तौलाले भन्नुभयो।
केहीबेरमा त्यहाँ बाँके र दाङबाट प्रहरीको टोली आइसकेको थियो। नेपाली सेनाको टोली पनि दुर्घटनास्थल पुगिसकेको थियो। प्रहरीले ग्यास कटर, ग्रेन्डर मेसिन, गल र काठ काट्ने आरी जुटायो।
‘पहिला मल हटायौं, ढोका काटेर पहिले ब्याट्री निकाल्यौं। के– के अवरोधहरू थिए क्रमैसँग एउटाएउटा हटाएर बिस्तारै निकाल्यौं। उहाँको खुट्टा र छातीमा असर गरेको छ। नेपाली सेनाको टोलीले प्राथमिक उपचार गरेर कोहलपुर मेडिकल कलेज पठाइएको इन्सपेक्टर बर्तौलाले जानकारी दिनुभयो।