बुटवल । तिलोत्तमा नगरपालिका क्षेत्रभित्र रहेका होटल तथा रेष्टुरेन्टहरु राति ११ बजेसम्म खुल्ने भएका छन् ।
तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले एक सूचना प्रकाशित गरी नगरभित्रका होटल तथा रेष्टुरेन्टहरु राती ११ बजेसम्म संचालन गर्न पाइने उल्लेख गर्नुभएको छ । उहाँले आवश्यक शान्ती सुरक्षाको सहजीकरण गरिदिन जिल्ला प्रशासन र इलाका प्रहरी कार्यालय मंगलपुरलाई आगह गर्नुभएको छ ।
यसअघि बुधबार तिलोत्तमामा भएको एक कार्यक्रममा उहाँले देशको आर्थिक समृद्धिको आधार पर्यटन भएकाले होटल तथा रेष्टुरेन्टहरु राती ११ बजेसम्म सञ्चालन गर्न व्यवसायीलाई आग्रह गर्नुभएको थियो ।
सुरक्षा लगायतको जिम्मा नगरपालिकाले लिने भन्दै उहाँले ढुक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो ।