भैरहवा । रोटरी क्लब अफ भैरहवाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिकाका ११ वटा शैक्षिक संस्थामा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुलाई सीपवृद्धि विषयमा प्रशिक्षण दिएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सिप विकास’ भन्ने मूल नारा सहित कार्यक्रम आयोजना गरिएको हो ।
रोटरी क्लब अफ भैरहवाका वर्ष २०२३–२४ का अधक्ष्य उमेशचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा हस्पिलाटी क्षेत्रका प्रशिक्षक कुन्दन बज्राचार्यले सो क्षेत्रका अवसर र चुनौतीको विषयमा प्रशिक्षण दिनुभएको थियो । साथैं सिए सगुन खनालले चार्टड एकाउण्ट पढाइको विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रम संयोजक राजकुमार बिकको स्वागत तथा सचिब हरी प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि क्लबका एसिष्टेन्ट गभर्नर हिरा बहादुर शाहले क्लबले नयाँ सोच का साथ अगाडी बढाएको कार्यक्रमले युवा बर्गमा छुट्टै छाप छोड्ने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा आरआईडी ३२९२ का पिडिस संजय गिरीले विद्यार्थीले जुन बिषय पढे पनि आफ्नो सीपलाई सहि ठाउँमा सदुपयोग गर्नु पर्ने बताउनुभयो । आरआईडी ३२९२ का आइपिडिस जितेन्द्रराज भण्डारीले चार्टड एकाउण्ट पढाइले स्वरोजगार उत्पन्न हुन्छ भन्ने बिश्वास व्यक्त गर्नुभयो । साथै क्लबका पूर्वअधक्ष्य शिव हरि शर्माले आगामी दिनमा लेखा सम्बन्धी छोटो अवधिको तालिम संचालन गर्ने बताउनुभयो ।