भैरहवा । मिलन इंलिस बोर्डिंग स्कुल, सुनवल–८ नवलपरासीको आयोजनामा रोटरी क्लब अफ भैरहवाले कक्षा ८ र ९ का विद्यार्थी तथा शिक्षकहरुलाई मानसिक स्वास्थ्य, लागुऔषध र मन्टेश्वरी शिक्षण विधि सम्बन्धी प्रशिक्षण दिएको छ ।
स्कुलका संस्थापक अध्यक्ष गोपाल बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा अबलोन नेपालका प्रशिक्षक रञ्जु शर्माले मानसिक स्वास्थ्य के हो र यसबाट बच्न अपनाउने बिषयमा प्रशिक्षण दिनुभएको थियो । साथै प्रमुख प्रशिक्षक रोटरी क्लब अफ भैरहवाका वर्ष २०२३–२४ का अध्यक्ष उमेशचन्द्र आचार्यले लागुऔषधको दुरुपयोग र यसबाट जोगिने उपाय र न्यूनीकरणको बिषयमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षक साधना भण्डारीले मन्टेश्वरी शिक्षण विधिको विषयमा सहजीकरण गर्नुभएको थियो ।
प्राचार्य नवराज न्यौपानेको स्वागत तथा शंकर पाण्डेको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्कुलका अध्यक्ष बस्यालले क्लबले नयाँ सोचका साथ अगाडि बढाएको मानसिक स्वास्थ्य कार्यक्रमले स्कुल समुदायमा छुट्टै छाप छोड्ने विश्वास व्यक्त गर्नुभ्यो । क्लबका अध्यक्ष आचार्यले विद्यार्थी तथा शिक्षकहरुलाई आवश्यक परेको पहिलो चरणको परामर्श अबलोन नेपालसँगको सहकार्यमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा १०० जना विद्यार्थी र २३ जना शिक्षकहरुको सहभागिता थियो ।