बुटवल । बुटवलका औषधी व्यवसायी गंगा ढकाल गएको ४ दिनदेखि सम्पर्कबिहीन हुनुभएको छ । लामो समयदेखि बुटवलको मैत्रीपथमा औषधी पसल सञ्चालन गर्दै आउनुभएका ३ वर्षीय ढकाल शनिबार अपरान्ह घरबाट हिँडेपछि सम्पर्कबिहीन भएको पारिवारीक श्रोतले जनाएको छ ।
पारिवारीक श्रोतका अनुसार ढकाल शनिबार साँझ चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसेको खुलेको छ । आईतबार बिहान चितवनकै एक कुरीयर मार्फत आफूले लगाएका कपडा र आफूलाई अब नखोज्नु भन्ने सन्देश पठाउनुभएको थियो ।
पारिवारीक श्रोतका अनुसार मोबाईल फोन र घडी समेत घरमै छोडेर जानुभएका ढकाल आईतबार साँझ सवा ७ बजे सबैभन्दा पछिल्लो पटक नारायणी नदिको पुलमाथि देखिनुभएको थियो । त्यसपछि उहाँको कुनै सम्पर्क नभएको र कतै नदेखिएको पारिवारीक श्रोतले बताएको छ ।
आईतबार साँझ करिव सवा सात बजेको समयमा एक ब्यक्ति नारायणी नदी पुलबाट हाम फालेको सुचना प्राप्त गरेको र हाम फालेका ब्यक्तिको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
‘पुलमा रहेका २ जना युवतीहरुले एकजना पुरुष पुलबाट हाम फालेको भनेर गैडाकोट प्रहरीलाई सुचना दिएका रहेछन् उनीहरुले दिएको सुचनाका आधारमा सिसिटीभी फुटेज हेर्दा नारायणगढ तर्फबाट गएका एक पुरुष नदिमा हाम फालेको देखिएको थियो ।, प्रहरी उपरिक्षक कार्कीले भन्नुभयो ।
नदिमा हाम फाल्ने ब्यक्ति ढकाल नै हुन भन्ने प्रमाणित नभएपनि नारायणगढ तर्फबाट गैडाकोट तर्फ पैदलै गएका ढकाल गैडाकोट पुगेको नदेखिएकोले उहाँनैहुनसक्ने अनुमान गरिएको प्रहरी उपरिक्षक कार्कीले बताउनुभयो ।
‘हामी आईतबार साँझदेखि शसस्त्र प्रहरी र गोताखोरसहित नारायणी नदिमा खोजी गरि रहेका छौं तर कुनै ब्यक्ति नदिमा भेटीएका छैनन् ।’ कार्कीले भन्नुभयो ।
विभिन्न सामाजिक संघ संस्थामा समेत सक्रिय ढकालले के कारणले घर छोडेर हिँड्नुभयो भन्ने नखुलेको बताईएको छ ।