भैरहवा । रोटरी क्लब अफ भैरहवाले अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिकाका युवाहरुलाई आत्महत्या रोकथाममा युवाको भूमिका विषयमा प्रशिक्षण दिएको छ । “आशा जगाउ जीवन बचाउ” भन्ने मूल नारा सहित कार्यक्रम आयोजना गरिएको हो ।
रोटरी क्लब अफ भैरहवाका वर्ष २०२३–२४ का अधक्ष्य उमेशचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा अबलोन नेपालका परामर्शदाता रन्जु शर्माले आत्महत्या रोकथामका लागि अपनाउने उपाएका विषयमा प्रशिक्षण दिनुभएको थियो । साथैं रो. हरी प्रसाद आचार्यले जीवनका उज्याला पक्षहरु लाई बिशेष ध्यान दिनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
पूर्व अधक्ष्य रो. चक्रमणि आचार्यको स्वागत तथा सचिब हरी प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि रुपन्देही नागरिक समाज, सिद्धार्थनगर कमिटीका अधक्ष्य राजा प्रताप शाहीले हरेक स्कूल र कलेजले एकजना परामर्शदाता अनिवार्य नियुक्त गर्नुपर्ने र सबै मिलेर पहल गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा भैरहवा बहुमुखी क्याम्पसका स्वबियु सभापति सागर न्यौपानेले रोकथामको उपायलाई हरेक वर्गमा पुर्याउन पर्ने आवश्यकता भएको बताउनुभयो । साथै क्लबका अधक्ष्य उमेशचन्द्र आचार्यले नेपालमा वार्षिक सात हजार जना र हरेक एक घन्टामा एक जनाले आत्महत्या गर्ने तथ्यांक प्रस्तुत गर्नु भयो । साथै यस्ता प्रशिक्षण हरेक स्कूल र कलेजमा संचालन गर्न रोटरी क्लब अफ भैरहवा सधै तत्पर रहेको बताउनुभयो ।