दाङ । दाङमा जङ्गलबाट ल्याएको च्याउ खाँदा दुई जना गम्भीर बिरामी परेका छन् ।
शान्तिनगर गाउँपालिका वडा नम्बर २ अमुवाकी २६ वर्षीया मिना न्यौपानेले हिजो बेलुका नजिकैको जङ्गलबाट खोजेर ल्याएको च्याउ खाँदा मिना र उहाँका ससुरा ४५ वर्षीय ज्ञानु जैसी न्यौपाने गम्भीर बिरामी पर्नुभएको हो ।
उपचारपछि आज बिहानसम्म बुहारीको होस खुले पनि ससुराको अवस्था भने अझै अचेत छ । उनीहरुको तुलसीपुरमा रहेको राप्ती लाइभ कियर हस्पिटलमा राखेर उपचार भइरहेको छ ।