काठमाडौं । आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाँउमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाँउमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एकरदुई ठाँउमा भने ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ८६ दशमलव ८ मिलिमिटर पानी परेको छ । सिन्धुपाल्चोकको ढुङ्गे, भोटाङ, मानेखर्क, चन्दारकु र दैलेखको डाँडागाउँ वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
यो क्षेत्र भइ बहने स–साना नदीमा आकस्मिक बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनाले तटीय क्षेत्रमा हुनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।