बुटवल । रुपन्देहीका अग्रज पत्रकार चेतन पन्तको निधन भएको छ । पन्तको आइतबार राति सिद्धार्थनगर नगरपालिका–६ दुर्गाकलोनीस्थित आफ्नै निवासमा निधन भएको हो ।
६६ वर्षीय पन्त २ वर्षदेखि क्यान्सर रोगको उपचार गराइरहेकामा केही समयदेखि घरमै रहनुभएकोमा आइतबार राति निधन भएको उहाँका सहोदार भाइ रवि पन्तले बताउनुभयो ।
इमेज टेलिभिजन लगायतका सञ्चारमाध्यममा काम गर्नुभएका पन्त पछिल्ला वर्षहरुमा लुम्बिनीको प्रचारप्रसारमा लाग्नुभएको थियो । उहाँले अमेरिका लगायत विभिन्न देशमा पुगेर लुम्बिनीका मायादेवी मन्दिर, अशोक स्तम्भ, शान्ति दीप लगायतका फोटो प्रदर्शन गर्दै प्रचार गर्नुभएको थियो । स्वर्गीय पन्तका श्रीमती र दुई छोरा रहनुभएको छ ।