गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ बिसौनाका विष्णु विकको घर पहिरोले पुर्दा चारजनाको ज्यान गएको छ। घटनामा दुईजना घाइते भएका प्रहरीले जनाएको छ ।
घरमाथिबाट आएको लेदोसहितको पहिरोले घर पुरेपछि ४६ वर्षका गोरे विक, ६७ वर्षका हुकुमबहादुर विक, ६६ वर्षकी मसुरी विक र साढे दुई वर्षकी रियान्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।
त्यस्तै, २३ वर्षीया मुना विक र ३१ वर्षीय विष्णु विक घाइते भएका केसीले बताउनुभयो । विष्णु विकको घरमा दुई परिवार बस्दै आएका थिए । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको छ । स्थानीय र प्रहरीको टोली घटनास्थलमा परिचालन भएका छन् ।