बुटवल। नाबालिकलाई जवरजस्ती सामुहिक करणीको आरोपमा रुपन्देहीमा दुई कर्मचारी सहित तिन जना पक्राउ परेका छन् । पक्राउन पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिकाका दुई कर्मचारी र अर्का एक जना रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो ।
प्रहरी श्रोतका अनुसार पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी ३२ वर्षिय मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु नारायण पाण्डेका छोरा ३५ वर्षिय छोरा शैलेश पाण्डे उर्फ बंटी रहेको जनाईएको छ ।
पिडितलाई रोजगारीको प्रलोभन दिएर ३ जनाले जबरजस्ती करणी गरेको पिडित पक्षको आरोप छ । गाउँपालिकाको आवासीय तालीम रहेको भन्दै मर्चवारबाट भैरहवाको कुनै होटल सम्म पुराईएको श्रोतको भनाई छ । घटना अनुसन्धानमै रहेकाले सबै सुचना दिन नमिल्ने प्रहरीले जनाएको छ ।