बुटवल । थारु समुदायले मनाउने ‘बडका अट्वारी’ पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकाले तराईका ६ वटा जिल्लामा बिदा दिएको छ ।
लुम्बिनी प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा थारु समुदायको बसोबास धेरै रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिएको हो ।
थारु समुदायमा महत्त्वका साथ मनाइने अट्वारी पर्व यस वर्ष आज परेको हो । यो पर्वमा थारु समुदायका पुरुषहरू व्रत बस्ने चलन छ । यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ । थारु समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् ।
पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ ।