बाँके-बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। सोमबार राति उपचारका क्रममा दुई जनाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए।
उपचारकै क्रममा कोहलपुर नगरपालिका १० का ५३ वर्षका पुरुष र नेपालगन्जका ४१ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो।