बुटवल-पाल्पामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । तिनाउ गाउँपालिकाका ४७ वर्षिय पुरुषको तानसेनको मिसन अस्पतालमा मृत्यु भएको हो ।
कात्तिक १८ गते मंगलबार अस्पताल भर्ना भएका उनको बुधबार मृत्यु भएको हो । उपचारका क्रममा बुधबार मृत्यु भएपनि कोरोना पोजेटिभ भएको रिपोर्ट भने विहिवार आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यससँगै पाल्पामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।