काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ३४८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४४१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको छ। हाल देशभर ३ हजार ७ सय ६४ सक्रिय संक्रमित रहेका छन्।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ओखलढुङ्गामा १, झापामा ४, तेह्रथुममा २, पाँचथरमा १, मोरङमा ४, संखुवासभामा १, सुनसरीमा ४, काठमाडौँमा १५९, काभ्रेमा ११, चितवनमा ५, दोलखामा २, धादिङमा २, नुवाकोटमा १०, भक्तपुरमा २७, ललितपुरमा ३२, सिन्धुपाल्चोकमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै कास्कीमा ३१, गोरखामा ३, नवलपरासीपुर्वमा १, पर्वतमा २, म्याग्दीमा ३, स्याङ्जामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा १, दाङमा ३, पाल्पामा ९, रुपन्देहीमा ६, हुम्लामा १, कैलालीमा १, डडेलधुरामा १, डोटीमा १, दार्चुलामा १ तथा बझाङमा ३ जना संक्रमित थपिएका छन्।