काठमाडौँ – उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका केही क्षेत्रमा हुस्सु–कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशको पश्चिम र मध्य तराईका थोरै स्थानमा हुस्सु–कुहिरो लागेको मौसमविदले बताएका छन्।
शुक्रबार दिउँसो देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
यस्तै राति देशको पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बादली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।