बुटवल - मंगलबारबाट कोभिड १९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोजको खोप लगाउन सुरु गरिने भएको छ। गत जेठ २५ गतेबाट २८ गतेसम्म पहिलो डोज लगाएकालाई दोस्रो डोज खोप लगाउन लागिएको हो। ६२ वर्षदेखी ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले पहिलो डोजको खोप लगाएका थिए । चिनबाट आएको भेरोसेल खोप पहिलो डोज लगाएको तिन हप्ता नाघेपछि लगाउनुपर्ने हुन्छ।
मंगलबार र बुधबार दोस्रो डोजको खोप लगाइने छ । खोपको लागि बुटवल उपमहानगरपालिकामा ८ वटा केन्द्र तोकिएको छ। केन्द्रमा पुगेर विहान १० बजेबाट दिउसो ४ बजेसम्म खोप लगाउन सकिने बुटवल उपमहानगरका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले बताए । खोप केन्द्रमा आउँदा पहिलो डोजको खोप लगाएको कागज ल्याउन पनि उनले आग्रह गरे ।
कुन वडाका लागि कुन खोप केन्द्र
