बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीले पछिल्लो पटक जारी गरेको तथ्याङ्क अनुसार उक्त अवधिमा एक सय २० जनामा आरटी–पीसीआर गरिएको थियो ।
थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै बुटवलका रहेका छन् । बुटवलमा १० जना, तिलोत्तमामा ६ जना, सिद्धार्थनगरमा ३ जना, सियारीमा १ जना, देवदहमा ७ जना, मायादेवीमा १ जना, सैनामैनाका १ जना, ओमसतियामा १ जना र कञ्चनमा २ जना थपिएका छन् ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या तीन सय ४१ पुगेको छ ।
जिल्लमा कुल संक्रमितको संख्या २८ हजार तीन सय चार पुगेका छन् । तीमध्ये दुई प्रतिशतको मृत्यु भएको छ भने ९७ प्रतिशत संक्रमित निको भएको छ ।