बुटवल-रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार २०७ जनाको पीसीआर परीक्षण गरिएकोमा ४७ जनामा संक्रमण पुष्टि भएको हो।
जसमध्ये सबैभन्दा धेरै तिलोत्तमामा २३ जना थपिएका छन् भने बुटवलमा १३ जना, सैनामैनामा ५, कञ्चनमा २ र देवदह, मायादेवी र सिद्धार्थनगरमा १-१ जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै रुपन्देहीमा संक्रमितको संख्या २८ हजार ४९७ पुगेको छ। जसमध्ये ३८१ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा १ जनाको कोभिडका कारण मृत्यु भएको छ। रुपन्देहीमा मृत्यु हुनेको संख्या ५०३ पुगेको छ।