काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर तीन सय तीन जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत् दिइएको जानकारीमा देशभर कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।
योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ९ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ४१ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृतकको संख्या ३ हजार ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।