बुटवल । बुटवलको कोरोना अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार रुपन्देही र नवलपरासी पश्चिमका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।
नवलपरासीको रामग्राम नगरपालिका–१० की ४५ वर्षीया महिला र शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए । महिलालाई एचडियुमा राखेर र पुरुषको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।