बुटवल - रुपन्देहीमा मंगलबार २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १ सय ४४ जनाको पिसिआर परिक्षण गरिएकोमा १४ प्रतिसतमा संक्रमण देखिएको हो।
बुटवल उपमहानगरपालिकामा १३, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकामा दुई दुई, तथा सैनामैना नगरपालिका, देवदह नगरपालिका र सियारी गाउँपालिकामा एक एक जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
मंगलबार सक्रिय संक्रमितको संख्या २ सय २९ रहेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन।