चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी स्वरमा नयाँ तीज गीत सार्वजनिक भएकाे छ।
बुधबार ‘म त नराउरी’ बोलको गीत युट्युबमा सार्वजनिक भएको हो। ‘पुतलीकाे भट्टी’ भाग २१ का रूपमा बजारमा आएकाे याे गीतका रचना तथा संगीतकार उनका श्रीमान सुन्दरमणी अधिकारी हुन्।
भिडिओमा गत वर्षकै गीत ‘आइनँ आमा यो तीजमा’ की मोडल ललिता पौडेलले निरन्तरता पाएकी छन्।
सपना म्युजिक इन्डस्ट्रीकाे प्रस्तूति रहेकाे गीतकाे भिडियाे निर्देशन तथा निर्माण संगीतकार अधिकारीले नै गरेकाे हुन्।
भिडिओको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। छायांकन शम्भु चालिसेको छ भने सम्पादन प्रविन भट्टको हो।