बुटवल-रुपन्देहीको देवदहमा रहेको बैंकका एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको छ। देवदहको खैरेनीमा रहेको गरिमा विकास बैंकका एक कर्मचारीमा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
कोरोना भाइरसको संक्रमण भएको खबर आउने बित्तिकै बैंकलाई सिल गरिएको देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले बताए।
कोरोना भाइरसको संक्रमण देखिएपछि बैंकका सबै कर्मचारीको पिसिआर टेष्ट गरिने कंडेलले बताए।
त्यसका लागि अहिले देवदह नगरपालिकाको कार्यपालिकाको बैठक बसिरहेको छ।