बुटवल-प्रदेश ५ को कोरोना भाइरसको संक्रमण, यसको प्रभाव र सरकारको तयारीबारे दैनिक अपडेट गराइरहने प्रदेश ५ सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा उमाशंकर चौधरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रदेश ५ कोभिड १९ व्यवस्थापनको प्रदेश स्तरीय सम्पर्क व्यक्ति र मन्त्रालयको तर्फबाट कोरोना भाइरसबारे दैनिक मिडिया ब्रिफिङ सञ्चालन गर्दै आएका उनी आफैले कोरोना भाइरसको संक्रमण भएको बताएका छन्।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोदकुमार गिरीले एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको जानकारी दिएपनि व्यक्तिगत गोपनियताका आधारमा नाम खुलाएका थिएनन्।
डा चौधरी आफैले सामाजिक सञ्जालमा आफुलाई कोरोना भाइरसको संक्रमण भएको र २ हप्ता होम आइसोलेशनमा बस्ने जानकारी गराएका छन्। उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।
उनमा कोरोना संक्रमण देखिएपछि शुक्रबार सामाजिक विकास मन्त्री सुदर्शन बरालका साथै अन्य कर्मचारीको समेत स्वाब संकलन गरिएको छ। मन्त्री बरालको रिपोर्ट नेगेटिभ आएको छ।
जानकारी सम्बन्धमा: प्रदेश सरकार, प्रदेश नं ५, सामाजिक बिकाश मन्त्रालयको स्थापनाकाल देखि नै स्वास्थ्य महाशाखाको प्रमुख...
Posted by Uma Shankar Chaudhary on Friday, August 14, 2020