बुटवल-बुटवल उपमहानगरपालिकाका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य महाशाखाका अधिकृत कुन्दन कुमार सिंहका अनुसार उपमहानगरको लेखा शाखामा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
उनीसहित स्वाब दिएका अरुको रिपोर्ट आउन बाँकी रहेको उनले बताए। 'उहाँको रिपोर्ट पोजेटिभ आएको छ,उनले भने-अरु रिपोर्ट आउन बाँकी छ।'
उपमहानगरका केही कर्मचारीहरुको केही दिन अघि गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए।
संक्रमण देखिएका कर्मचारीको सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षणका लागि शनिबार कन्ट्याक्ट ट्रेसिङ थालिने उनले बताए।