बुटवल-रुपन्देहीमा शनिबार एकैपटक १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहका अनुसार १४ जना सिद्धार्थनगर भैरहवाका हुन्। त्यसमध्ये १२ जना एसबीआइ बैंकका कर्मचारी हुन् भने बाँकी २ जना सिद्धार्थनगर १ बेलहियाका हुन्।
एसबीआइ बैंकका एकजना कर्मचारीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ गरी बैंकका कर्मचारीहरुको पीसीआर परीक्षण गराउँदा १२ जनाको पोजेटिभ आएको उनले बताए।
बैंकका कर्मचारीमा संक्रमण देखिएपछि बैंकरोड भैरहवामा रहेको एसबीआइ बैंकको शाखा कार्यालय बन्द छ।
यस्तै शनिबार बुटवलका ३ जनामा संक्रमण पुष्टि भएको छ। बुटवल देवीनगरका २ जना र एकजनाको वडा नखुलेको शाहले लुम्बिनी टाइम्सलाई बताए।