काठमाडौँ – नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। कांग्रेसले बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको हो।
सभागृहमा आयोजित ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ नामक कांग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवं सवाल जवाफ कार्यक्रममा सभापति गगन थापाले सहभागीहरूले सोधेका प्रश्नको जवाफ दिएका थिए।
त्यस क्रममा सभापति थापाले मुलुकको समृद्धि र समुन्नतिका लागि कांग्रेसले आगामी ३० वर्षपछिको सपना देखेर अघि बढेको बताएका थिए।