कपिलवस्तु । कपिलवस्तुमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजंग रायमाझीले बताउनुभयो ।
सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई आइतबार बिहान ७ बजे दाउरा सङ्कलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको थियो । बाढीले बगाएर बेपत्ता भएका लौटनको शव बगाएको ठाउँबाट दुई किलोमिटर तल फेला परेको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।