परासी । आइतबार परेको चट्याङका कारण नवलपरासीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा नं. १४ पर्सावल बस्ने ३५ वर्षिय ठाकुर नाथ कवँर रहेको प्रहरीले जनाएको छ ।
बिहान पानी परिरहेको अवस्थामा खेतमा काम गर्न गएका कवँरको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका उनको देवदह मेडिकल कलेज रुपन्देहीमा उपचारका लागि लगिएकोमा त्यही उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।