बुटवल । रुपन्देहीको तिनाउ र चितवनको नारायणी नदी जलाधार क्षेत्रमा अत्यधिक वर्षा हुँदा नदी तटीय क्षेत्रमा जोखिम बढेको छ ।
पछिल्लो तीन घण्टामा रुपन्देहीको भवानीपुरमा ९५ दशमलव ६ मिलिमिटर र तिलोत्तमामा ८९ दशमलव दुई मिलिमिटर, चितवनको कल्याणपुरमा एक सय २८ दशमलव दुई मिलिमिटर, शक्तिपुरमा ९५ दशमलव आठ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
यस्तै बाढी पूर्वानुमान् महाशाखाले रुपन्देहीको तिनाउ र चितवनको नारायणी नदी जलाधार क्षेत्रका साना ठूला नदीहरुमा जोखिम रहेको भन्दै ‘रेडअलर्ट’ जारी गरेको छ । अहिले कोशी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ, खोटाङ, सोलुखुम्बुसहित बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ ।