काठमाडौं-नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत ६ हजार १ सय ३२ वडामा अधिवेशन सम्पन्न भएको जनाएको छ । ती वडाबाट कार्यसमिति गठन र क्षेत्रीय प्रतिनिधि चयन गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
शनिबार र आइतबार कांग्रेसको वडा अधिवेशन भएको थियो ।
ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ (क्षेत्र नं. ६ वाहेक), सुनसरी, सप्तरी (क्षेत्र नं. २ र ४ बाहेक), धनुषा, महोत्तरी, सर्लाही (क्षेत्र नं. २ बाहेक), रौतहट (क्षेत्र नं. १ बाहेक), बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, कास्कीमा अधिवेशन भएको हो ।
यस्तै मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, वागलुङ, नवलपुर, परासी (क्षेत्र नं. २ बाहेक), रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम (पूर्व), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली जिल्लामा पनि अधिवेशन भएको छ ।
बाढीप्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्ला बाहेक सप्तरी क्षेत्र नं. २ र ४, सिराहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नम्बर २, परासी क्षेत्र नम्बर २ मा अधिवेशन हुन बाँकी छ ।
शनिबार र आइतबार अधिवेशन हुन नसकेका ठाउँमा सोमबार अधिवेशन हुनेछ । अधिकांश वडाहरूमा सर्वसम्मत रूपमा कार्यसमिति गठन गरिएको र क्षेत्रीय प्रतिनिधिहरू पनि सर्वसम्मत गरिएको छ ।