प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता तथा समर्थित सामाजिक सञ्जाल प्रयोगकर्ताले सामाजिक सञ्जालमा फेक इन्गेजमेन्टको सहायता लिएर मिडिया मेनुपुलेट गरिरहेको दाबी गर्दै एउटा भिडिओ भाइरल बनिरहेको छ ।
तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचको क्रममा अहिले भाइरल भइरहेको भिडिओ रास्वपा र रास्वपाका नेतासँग सम्बन्धित नभएको पुष्टि भएको छ ।
के हो दाबी ?
श्रम संस्कृति पार्टी पक्षधर Devraj New Creativity नाम गरेका फेसबुक प्रयोगकर्ताले सन् २०२६ को सेप्टेम्बर १२ को दिन ५९ सेकेन्डको एउटा भिडिओ क्लिप सार्वजनिक गरेका छन् । भिडिओमा एउटा अर्को भिडिओक्लिप पनि देखाइएको छ ।
त्यहाँ थुप्रै मोबाइलहरू राखिएको देखिन्छन् भने केही व्यक्तिले कम्प्युटरको सहायताले केही प्राविधिक गतिविधि गरिरहेका छन् । यही भिडिओलाई Devraj New Creativity नाम गरेका फेसबुक प्रयोगकर्ताले पुनः प्रयोग गरेको देखिन्छ ।
दाबीको प्रभाव
भिडिओलाई सामाजिक सञ्जाल फेसबुकमा १७ हजार ७ सयभन्दा बढी पटक रियाक्ट गरिएको देखिन्छ । १ हजार ६ सय पटक कमेन्ट र ४ हजार ८ सयभन्दा धेरै पटक सेयर गरिएको छ । भिडिओलाई ३ लाख २८ हजारभन्दा धेरै पटक हेरिएको छ । सामाजिक सञ्जालमा व्यापक सेयर भएको यो भिडिओमाथि तथ्यजाँचका लागि नेपालफ्याक्टचेकलाई अनुरोधसमेत प्राप्त भएको छ ।
के हो तथ्य ?
सो भिडिओमाथि तथ्यजाँचका लागि हामीले सबैभन्दा पहिले मोबाइल फोन देखिने भिडिओको पुरै अंशमा प्रधानमन्त्री शाहसहित रास्वपाका नेता एवम् रास्वपा समर्थित पोस्टहरू छन् कि छैन भनेर सूक्ष्म रूपमा नियालेर हेर्यौँ । नतिजामा कुनै पनि मोबाइलमा राजनीतिक गतिविधि झल्कने या रास्वपा नेताको तस्बिर देखिने पोस्ट भेटिएन । उनीहरूको मात्रै होइन, ती मोबाइलका स्क्रिनमा कुनै पनि राजनीतिक व्यक्ति देख्न सकिँदैन ।
यो फ्याक्टचेकको पूरा अंश पढ्न नेपाल फ्याक्टचेकको यो क्लिक गर्नुहोस्।