चितवन । चितवनको भरतपुरबाट शारदानगर जाँदै गरेको गाडी दुर्घटनामा परेको छ । आइतबार विहान ९ बजे ना १ ज ३८५९ नम्बरको म्याजिक गाडी सडकको कल्भर्टबाट खाल्डोमा खसेको थियो । दुर्घटनामा परेर दुई जना पुरुषहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका–१ बस्ने ४५ वर्षीय सूर्य खाती र भरतपुर–४ बस्ने ५० वर्षीय राजेन्द्र दमाई छन् । दुर्घटनामा ७ जना घाइते भएका छन् । उनीहरु मध्ये तीन जनाको अवस्था गम्भीर छ ।