बुटवल । दाङको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका आमा छोरीको मृत्यु भएको छ । अर्का एकजना गम्भीर बिरामी परेका छन् ।
साउन २८ गते साँझ बंगलाचुली–४ भित्ताला जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाएर बिरामी परेकी २७ वर्षिया ईश्वरी सुनारको शुक्रबार उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
यसअघि उहाँकी छोरी अस्मिता सुनारको बुधवार उपचारकै क्रममा बुटवलमा मृत्यु भएको थियो । जंगली च्याउ खाएर एकै घरका तीन जना बिरामी परेकामा दुई जना आमाछोरीको मृत्यु भएको हो ।
मृतक ईश्वरीका श्रीमान् अजय सुनारको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उहाँको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।