सल्यान । रूकुमबाट दाङको तुलसीपुरतर्फ आउँदैगरेको यात्रुबाहक हाइस गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएका रूकुम पश्चिमका ६० वर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका –२ की ३६ वर्षीया ओमपत खत्रीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार तुलसीपुर अस्पतालमा १६ जना घाइतेको उपचार भइरहेको छ। सोमध्ये तीन जनाको अवस्था गम्भीर छ । लु २ ख ५७३१ नम्बरको यात्रुबाहक फोर्स गाडी कपुरकोट गाउँपालिका –३ आगरखोला नजिकै दिउँसो तीन बजेतिर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा सल्यान दार्मा गाउँपालिका २ बस्ने वर्ष ६० को खिर्म खत्री टाउको, हात र खुट्टामा चोट लागेको छ । त्यस्तै, सोही गाउँपालिका बस्ने वर्ष ४१ कि रुपा केसी, रुकुमपश्चिम बस्ने ४० वर्षीया विमलादेवी पुनको टाउकोमा चोट लागेको छ ।