झापा- किरात समुदायले हरेक वर्ष मनाउँदै आएको उद्यौली पर्व विभिन्न कार्यक्रम गरी यसवर्ष पनि भव्य रुपले मनाउन जुटेका छन् ।
किरातजन्य सामाजिक सङ्घ संस्थाले अघिल्ला वर्षझै यसवर्ष पनि विशेष उत्सवका साथ उद्यौली पर्व मनाउने तयारीमा जुटेका हुन् । किरात समुदायले मनाउने प्रमुख चाडमध्ये यसलाई किरात राई जातिले साकेला, लिम्बूले चासोक तङ्नाम, याक्खाले चासुवा, सुनुवार जातिले फल्षाँदर भनेर मनाउने गर्दछन् । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उद्यौली सुरु हुने किरात इतिहासका अध्येयतासमेत रहेका किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष हरि चोङबाङले जानकारी दिनुभयो ।
चासोक तङ्नामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी ‘तागेरा निङ्वा युमालाई’ चढाएर पूजाअर्चना गरी खाने चलन रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यो पर्व प्रत्येक वर्ष संसारभरी छरिएर रहेका भूमिपुत्र भेला भएर विशेष पूजाअर्चना गरी मनाउने गर्दछन् ।
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०, १९:४६:००