बुटवल । सुशासन र सदाचार प्रवद्र्धनको क्षेत्रमा कार्य गर्दै आइरहेको संस्था पारदर्शी सरोकार समूह बुटवलको अध्यक्षमा लालहरि पाण्डे चयन हुनुभएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसंग आबद्ध पारदर्शी सरोकार समूह बुटवलको शनिबार सम्पन्न चौथो अधिवेशनले लालहरि पाण्डेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अधिवेशनबाटै उपाध्यक्षमा दीपक ढकाल, महासचिवमा अर्जुन कार्की, सचिवमा सनु थापा र कोषाध्यक्षमा मिना थापा तुलाधर निर्वाचित हुुनुभएको छ ।
यसैगरि सदस्यहरुमा शंकर कोइराला, विकाश श्रेष्ठ र गीता श्रेष्ठ रहनुभएको छ । अधिवेशनबाट महेन्द्र प्रसाद पाण्डे निवर्तमान अध्यक्ष र पारदर्शी सरोकार समूह बुटवलका संस्थापक अध्यक्ष एवं ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यसमिति सदस्य महेन्द्रनारायण श्रेष्ठलाई प्रमूख सल्लाहकारको रुपमा चयन गरिएको छ । नवनिर्वाचित कार्यसमितिलाई सामाजिक अभियन्ता प्रदीप शाह लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।