बुटवल-बुटवलका कोरोना संक्रमित पुरुषको भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको छ। भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत ५४ वर्षीय पुरुषको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको हो।
बुटवल निवासी उनको आइतबार दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।
मृगौला रोग पीडितसमेत रहेका पुरुष डायलासिस गराउँदै आएका थिए। उनका अनुसार शव व्यवस्थापन भइसकेको छ ।