बुटवल-राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपूरको नक्खु कारागार सरुवा गरिने भएको छ । रुपन्देहीको कारागारमा रहेका उनलाई कारागार सरुवा गरेर ललितपूरको नख्खु कारागार लगिने भएको हो।
कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार लामिछानेलाई कारागार सरुवाका लागि निर्णय गरेर रुपन्देही पठाइएको छ। अब रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले काम कारबाही अघि बढाएर उनको कारागार सरुवा हुनेछ।
शर्माका अनुसार, लामिछानेले मन्जुरीनामा नै नक्खु कारागार भनेर मागेको र सोही अनुसार निर्णय भएको हो।
गृहमन्त्री रमेश लेखकले पनि गत बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा रविको कारागार सरुवाको काम भइरहेको बताएका थिए।