वि.सं.२०१३ साल पुष ७ गते पाल्पा रामपुर नगरपालिका ५ मा जन्मेका भोजप्रसाद श्रेष्ठको जीवन आँधीबेहेरीमय छ । उनी विभिन्न समयमा भएका राजनीतिक आन्दोलन र विद्रोहका साक्षी प्रमाण हुन् । राजनीतिक आन्दोलनहरुमा प्रशासनिक धरपकड, दमन, जेलजीवन सहँदै अविचलित भएर अघि बढ्ने साहसी नेता हुन् ।
उनले पञ्चायतालीननिरङ्कुशताको सिक्री चुडालेर नेपाली जनतालाई स्वाधीन र स्वतन्त्र बनाउने काममा निष्ठा र समर्पणपूर्वक लागेका हुन् । स्वतन्त्रताकागगनभेदी स्वरहरु घन्काउँदैदशौं हजार जनताका बीचमा अग्लो झण्डा समाएर उभिने साहसी नेता हुन् । उनको नेतृत्व र क्रियाशीलतामा ठूला ठूला आन्दोलन सफल भएका उदाहरण छन् । बुटवल र आसपासको विकासको योगदानको लागि उनको नाम सबैभन्दा उच्च छ । त्यसैले भोजप्रसादको जिन्दगी ओजपूर्ण र खोजपूर्ण छ । उनबाट सिक्न जरुरी छ ।
भोजप्रसाद श्रेष्ठ हाल बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरमा बस्छन् । स्नातक तहसम्मको अध्ययन गरेका उनी भारत, अमेरिका, युरोप, इरान, चीन, थाइल्याण्डलगायतका मुलुकमा भ्रमण गरेर त्यहाँको द्रुत विकासका कारणहरु अध्ययन गर्दै थुप्रै अनुभवहरु हासिल गरेका छन् । बुटवललाई माथि उठाउन जगमा रहेर काम गरेका उनकोउल्लेख्य भूमिका छ । उनी बुटवलको लागि प्रातःस्मरणीय नेता हुन् । अज म उनको योगदानको सामान्य समीक्षा गर्न चाहन्छु ।
पार्टी राजनीतिमा भोजप्रसाद श्रेष्ठ
भोजप्रसाद श्रेष्ठ एकजना निर्भीक, साहसी, मिलनसार नेताको नाम हो । हरेक निर्वाचनहरुमा उनी जित्दै आएका छन् । त्यसैले उनी अपराजित व्यक्ति मानिन्छन् । उनको इतिहास गौरवलाग्दो छ । २०१३ सालमा जन्मेका उनी २०२८ सालमा चितवनमा भएको विद्यार्थी आन्दोलनबाट नेपाली राजनीतिक फाँटमा उदाएका हुन् । २०३६ सालमा विद्यार्थीआन्दोलनमा उनको अभूतपूर्वक सक्रियता देखिन्छ । उनी मालेकालदेखि एमाले हुँदै आजसम्म एकनासले क्रियाशील छन् । २०४६ सालमा राष्ट्रव्यापी आन्दोलनमा शिक्षक संगठनको तर्फबाट निकै सक्रिय भएका थिए ।
उनलाई तत्कालीन पञ्चायतीसरकारले तीन महिना जेल चलान ग¥यो । आन्दोलन सफल भएपछि मात्र छोडिदियो । लोकतन्त्रको आगमनपछि २०५१ सालमा स्थापित भएको एमाले सरकारको पालामासुकुम्बासी समस्या समाधान आयोगमा बसेर ४५ सय सुकुम्बासी परिवारहरुलाई जग्गाधनी लालपूर्जा प्रदान गरे ।यस कामले नेकपा एमालेको प्रतिष्ठा ह्वात्तै बढ्यो । उनी २०५४ सालदेखि २०५९ सम्म बुटवल उपमहानगरपालिकाको मेयर भएका थिए । त्यो अवसरले उनलाई सिर्जनात्मक व्यक्तिको रुपमा मुलुकभर स्थापित ग¥यो । उनको पालामा बुटवल नगरपालिका अब्बल बनेको थियो । हरेक वर्ष बुटवल उपमहानगरपालिकाले प्रथम बन्ने सौभाग्य पाउँथ्यो । हाल उनी नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष हुन् ।
विकासमा भोजप्रसाद श्रेष्ठ
भोजप्रसाद श्रेष्ठले बुटवलमा चौधवटा महत्वपूर्ण गौरवका आयोजनाहरु पूरा गरेर दुनियाँलाई छक्क पारेका थिए । त्यतिखेर कैयांै गाउँ नगरबाट हेर्न रसिक्न बुटवल आउँथे । बुटवल मुलुककै नमुना नगरपालिका बनेको थियो । उनी मुलुकभर प्रशंसाका पात्र बनेका थिए । उनले गरेका धेरै पूर्वाधारहरु आज उनैलाई सम्झाउँदै छन् । उनको नेतृत्वमा भएका विकासका पूर्वाधारहरु कर्णेल उजीरसिंह अटो भिलेज, मणिमुकुन्द सेन फूलबारी, हिल पार्क, जितगढी किल्लाको उत्खनन र योजनाको आरम्भ, नुवाकोट गढी विकास, सिद्धबाबा धामको विकास, रामा पिथेकस पार्कको निर्माण, बुटवल चौराहा गोलपार्क राजमार्ग ४ लेनको निर्माण, बस पार्क निर्माण, कोरियन टेक्निकल इन्च्युट निर्माण, ज्योतिनगर पहिरोबाट विस्थापितलाई व्यवस्थापन, पिस पार्क, बुटवल प्रदर्शनी स्थल, स्टेडियम निर्माण, सिद्धार्थ बाल तथा महिला अस्पताल, उजीर सिंह रङ्गशाला, लुम्बिनी प्रादेशिक अस्पताल, सैनामैना चिकित्सालय, बोलबमधाम, बुटवल नुवाकोट वसन्तपुर हिल स्टेशन, भुम्साखोला खानी पानी योजना, सामुदायिक वनको अवधारणाको शुरुआत,पिपिपि कन्सेप्ट, कृषि बजार केन्द्र,बधशालाको निर्माण,छुवाछुत मुक्त बुटवललगायतका काममा उहाँको योगदान ठूलो छ । बुटवल उपमहानगरपालिकाका उनको पालामा निकै महत्वपूर्ण काम भएका छन् ।
जनआन्दोलनमा भोजप्रसाद श्रेष्ठ
भोजप्रसाद श्रेष्ठ २०३६ सालदेखि आन्दोलनका आँधिमय छालहरुमा भिड्दै लड्दै अघि बढेका निखार नेता हुन् । उनी २०४६ सालमा आन्दोलनमा सक्रिय सहभागी भए । उनी २०६३ सालमा बुटवलकोआन्दोलनका कमाण्डर थिए । सात दलकोतर्फबाट उनी सहिद राहतकोषका अध्यक्ष बनेका थिए । उनको साहसिक नेतृत्वमा बुटवलमा आन्दोलन सफल भयो । पछि उक्त राहत कोषको८ लाख रकम अहिलेको प्रादेशिक अस्पताललाई प्रदान गरेको देखिन्छ । २०७४ सालमा उनी लुम्बिनी प्रदेश सभामा निर्वाचित भए । त्यो समयमा उनी संसदीय विशेष समितिमा रहेर काम गरे । उनले बुटवललाई स्थायी राजधानी बनाउने विषयमा विष्णु पौडेलका साथ लामो अडान र संघर्ष गरे । अन्ततः पार्टीको ह्वीप पालन गर्न बाध्य भए ।
कोरोना महामारीमा भोजप्रसाद श्रेष्ठः
उनले कोरोना महामारीमा नेपालकै नमुना बनाएका छन् । तत्कालीन कोभिड १९ द्वारासिङगो समाज आक्रान्त भएको अवस्थामा उनले २९ वटा अस्पतालहरुको चुस्त व्यवस्थापनमा योगदान दिएका छन् । अक्सिजन प्लान्ट र अस्पतालको जनशक्ति व्यवस्थापन र सुधारको लागि ८७ करोडको योजना शुरु गरेको, कोरोना पीडित विरामीका लागि जनही एकलाख उपलब्ध गराउने निर्णयको लागि १८ करोड रुपैयाँको श्रोत व्यवस्थापन गरेको, निःशुल्क रक्त सेवा कार्यक्रम लागू गरेको, सरकारी सामुदायिक निजी अस्पतालको व्यवस्थापन गरेको, स्वास्थ्य क्षेत्रमा संस्थागत सुशासन कायम गरेको जस्ता काम भएका छन् । ९९ दिनमा पनि उनले गरेका कामहरुले अरुलाई छक्क पारेका थिए ।
सरल मिजासका भोजप्रसाद श्रेष्ठ ः
नेताहरु जनप्रतिनिधि हुन् । उनीहरु शासक हैनन् सेवक हुन् । भोजप्रसादमाउच्चासन, खादामाला र अबीरले ढाकिएर चमकदमक गर्दै र आडम्बर देखाउँदै हिंड्ने अभिजात्य स्वभाव छैन । उनमा समतलीय चिन्तन र आदत छ । उनी माथि र तलको शब्दसम्म प्रयोग गर्दैनन् । म माथिको तपाईहरु तलको भन्ने वाक्य सुनिदैन । उनी निकै सरल मिजासका छन् । उनी लोभीपापी भएनन् । राज्यबाट परिवारका सदस्यले लाभ लिएको देखिदैन । कुलतका कुनै प्रमाणहरु छैनन् । विभेद र छुवाछुतको व्यवहार प्रदर्शन गरे भनेर कसैले आरोप लगाएनन् ।
पूर्वाधार बनाएर मात्र हुँदैन जनताको आत्म सम्मानमा ध्यान दिनु पर्छ भन्छन् । त्यसैले त उनलाई जनताले माया गर्छन् । उनले राजा फालेर राजाकै शैली अपनाउने कमरेडहरुको आलोचना गरे । पार्टी जनताबाट अलग थलग हुने हो कि भन्ने डरले सुधारको लागि चिन्तित देखिन्छन् । उनमा अहंकारको लेस पनि छैन भन्दा हुन्छ । उनमा कमरेड्ली भावना छ । वैचारिक विचलनका आरोह अवरोह कहिले पनि देखिएन । आफ्ना विचारहरुलाई सुस्पष्ट रुपमा राख्ने कुरामा उनी सफल मानिन्छन् ।
भोजप्रसाद श्रेष्ठको निर्वाचन अभियान शान्त प्रचारमा आधारित छ । उनले कसैलाई पनि गाली गर्दैनन् ।फरक पार्टीहरुको अस्तित्व स्वीकार गर्ने, समानताका आधारमा व्यवहार गर्ने, सहिष्णुपूर्ण व्यवहार प्रदर्शन गर्ने उनको महत्वपूर्ण विशेषता हो । त्यसैले विपक्षीले गाली गर्देनन् ।विपक्षीहरुसँग स्वच्छ प्रतिस्पर्धा गर्ने र आफूलाई अब्बल प्रमाणित गर्ने काममा सफलता मिलेको छ । अहिलेको निर्वाचनमा पनि त्यस्ता अभिलक्षणहरु देखिएका छन् । उनी सहजै जित्छन् । आफ्नो निर्वाचन क्षेत्रको लागि महत्वपूर्ण काम गर्ने अवसर प्राप्त गर्दैछन् ।
पार्टीहरु फुट्दा कता जाने कता भनेर केही दिन उभिएर रहेनन् । उनले तत्कालसंस्थापन पक्षमा लाग्ने चाहना राखिहाले । धेरैले यो पटक भोजप्रसादले पार्टीमा विद्रोह गर्छन् होला भनेर सोंचेका थिए तर उनले मूलधारमै आफूलाई उभ्याएर निष्ठा र समर्पणको राम्रो पाठ सिकाए । उनी जे बोल्छन् त्यही गर्छन् । त्यसैले सबैले विश्वास गर्छन् ।
अन्त्यमा भोजप्रसाद श्रेष्ठले बुटवल उपमहानगरपालिकामा रहेका आम जनतामा सकारात्मक प्रभाव छेड्न सफल भएका व्यक्ति हुन् । बुटवलका प्रत्येक पूर्वाधारहरुमा उनको नाम जोडिन्छ । उनले सुनिनगरी हैन, देखिनेगरी विकास गरेका छन् । पछिल्ला चरणमा भएका कामहरुको जगमा जहाँ पनि भोजप्रसाद भेटिन्छन् । उनको लामो जीवन विकासका लागि भएको छ । हाम्रो लागि जीवनको लागि विकास भएको छ । यो पटक पनि एमालेले उनै अपारजित व्यक्तित्व भोजप्रसाद श्रेष्ठलाई नै उमेदवार बनाएर निकै राम्रो काम गरेको छ । उनी सहजै जित्छन् । बधाई तथा शुभकामना ।