स्रष्टाकाे आत्मकेन्द्रित आख्यानात्मक रचनालाई 'आत्मकथा' भनिन्छ । याे आत्मपरक शैलीमा लेखिने आख्यानात्मक रचना हाे ।
आत्मकथा 'आत्म' विशेषण र 'कथा' नाम पद जाेडिएर लेखिन्छ । यसलाई 'आत्म चरित्र', 'आत्मकथा' 'आत्मकहानी', 'आत्म जीवनी' पनि भनिन्छ ।
लेखक स्वयंले राजनीतिक, सामाजिक, साँस्कृतिक आादि भूमिका तथा अनुभवका बारेमा आत्मपरक शैलीमा लेखिने रचना हाे । त्यसैले याे व्यक्तिकाे चित्र हाे ।
आत्मकथालाई अङ्ग्रेजीमा "अटाे बायाेग्रफी" भनिन्छ । याे विधाकाे पूर्वीय साहित्यमा त्यति चर्चा भएकाे पाइँदैन ।
आत्मकथाका आफ्नै विशेषता हुन्छन् । याे जीवनसँग सम्बन्धित घटना हाे । याे कथात्मक शैलीमा लेखिन्छ । यस विधामा लेखकले इमान्दारिपूर्ण रुपमा लेखेकाे हुन्छ । याे बिल्कुल गद्यात्मक रचना हाे । यसमा घटनाकाे राेचक तथा कथात्मक प्रस्तुति हुन्छ । यसमा कलात्मकता, हार्दिकता हुन्छ । यसमा अनुभूतिकाे सूक्ष्म रेखाङ्कन हुन्छ । यसमा सरल र सरस अभिव्यक्ति हुन्छ । प्रेरक प्रसङ्गहरु हुन्छन् । अभिव्यक्तिमा गतिशीलता हुन्छ । घटनालाई राेचक, मनाेरन्जनपूर्ण,काैतूहलपूर्ण र ज्ञानवर्धक बनाउन सकिन्छ ।
नजिरमियाद्वारा लेखिएकाे सङ्घर्षशील आवाजहरु कृतिकाे आम विशेषता हेर्दा याे 'आत्म वृत्तान्त' हाे । यस कृतिमा लेखकले राजनीतिक, सामाजिक, साँस्कृतिक पक्षमा खेलेकाे भूमिका र गरेकाे भूमिकाकाे सूक्ष्म प्रस्तुति छ । यस कृतिमा लेखकबाट आफ्नाे व्यक्तित्वकाे विषयमा अतिरन्जना गरेकाे देखिदैन । अनुभवलाई नबढाइ इमान्दारीपूर्ण रुपमा लेखेका छन् । याे गद्य रचना हाे । यसमा घटनाकाे राेचक प्रस्तुति छ । पढ्दा काैतूहलपूर्ण छ । सरल सरस अभिव्यक्ति छ । अनुभवकाे सूक्ष्म रेखाङ्कन छ । याे कृति ज्ञानवर्द्वक छ । अरुलाई सङ्घर्षशील र सरल जीवनकाे प्रेरणा दिन्छ । नजीर मिया र उनका सहयाेगीहले गरेकाे घटनाकाे क्रमिक प्रस्तुति छ । याे आख्यानात्मक भन्दा आत्मपरक निबन्धकाे शैलीमा लेखिएकाे छ । यसले गर्दा कृतिलाई वजनदार र विश्वासनीय बनाएकाे छ । यसर्थ याे आत्म वृत्तान्त हाे ।
कृतिकाे विषयमा भूमिकामा पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओली लेख्छन्,"नयाँ संविधानमा मुस्लिम समुदायकाे हक हितमा समेट्नुपर्ने बुँदाहरुकाे मस्याैदा तयार गरी सँसदभित्र र बाहिर पनि छलफल बहस गराउने, बन्धु पार्टीहरुका मुस्लिम सभासदसँग लबिङ्ग गरी समर्थन जुटाउने,असहयाेगी दफाहरुकाे चर्काे आलाेचना र खण्डन गर्दै नेपालकाे संविधान २०७२ मा उपलब्धिहरुलाई लिपिबद्ध गराई ऐतिहासिक उपलब्धि प्राप्त गर्नु भएकाे छ । निरन्तरता, निष्ठा, समर्पण र अडानले सफलता प्राप्त हुन्छ भन्ने प्रेरणा दिएकाे छ । "
महाकवि माेदनाथ प्रश्रित लेख्छन्-" नेपालका हिमाल पहाड तराईका विभिन्न क्षेत्रमा रहेका मुस्लिम समुदाय लाेकतान्त्रिक अभ्यासकाे माध्यबाट केन्द्रीय सत्तामा पुग्ने अवस्था सिर्जना गर्न नजिर मियाकाे ठूलाे याेगदान छ ।"
साहित्यकार प्रदीप ज्ञवाली लेख्छन्," विगत ३२ वर्षदेखि मेराे र नजिर मियाकाे सम्बन्ध अत्यन्त आत्मीय र पारिवारिक रह्याे । बसिर मियाकाे शहादतसँग मुस्लिम समुदायसँग मेराे सान्निध्य पनि गहिरिदै गयाे । मैले अर्घाखाँची मात्र हैन,जहाँ जादा पनि उनकाे परिवारकाे बेग्लै आतिथ्य, उष्मा र आत्मीयताकाे अनुभव गर्छु ।"
छविलाल विश्वकर्मा भन्छन्, " धेरै प्रकारका पाेषिला र विशिष्ट स्वादयुक्त अर्ग्यानिक परिकारहरुकाे भाेजनजस्ताे लाग्ने याे पुस्तकले नेपालका मुस्लिम र गैर मुस्लिम पाठकहरुकाे उत्तिकै माया पाएकाे छ ।"
सराद अहम्मद फारुकी भन्छन् , " तपाईकाे हिम्मत, साहस र निरन्तर खबरदारीबाट आज हामी यहाँसम्म आएका छाैँ । यही सँगठनकाे प्रभावबाट सबै पार्टीहरुले २०६३ पछि मुस्लिम सँगठन खाेल्न बाध्य भएका छन् । जुन हामीले गाैरव गर्ने विषय हाे ।"
नजरुल हसन लेख्छन्," नजीर मिया दाइले आफ्नाे जीवनमा देखेका भागेका सङ्घर्ष गरेका र अनुभव गरेका कुराहरुलाई समेटेर प्रस्तुत पुस्तक तयार गर्नु भएकाे छ । याे पुस्तक एउटा भरपर्दाे ईतिहास र प्रेरणाकाे श्राेत हुनेछ ।"
याे पुस्तककाे अध्ययनपछि पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पाैडेल भन्छन्,- याे स्वाधीनताकाे आन्दाेलनमा सबै वर्ग र समुदायलाई मूलधारमा आउन आफै सक्षम हुनुपर्छ भन्ने सन्देश दिएकाे उत्प्रेरणामूलक माैलिक र जिवन्त दस्ताबेज हाे ।"
संविधान सभाका सभासद नेत्र पन्थीले यस कृतिकाे अध्ययनपछि प्रतिक्रिया दिदै यसलाई साहित्य जगतमा देखिएकाे नाैलाे अर्ग्यानिक कृति भनेका छन् ।
सँरचनात्मक दृष्टले याे पुस्तक ६ खण्डमा विभाजित छ । शुभकामना मन्तव्यपछि "मेराे परिवार मेराे समाज" खण्ड छ । यस खण्डमा लेखककाे पारिवारिक पृष्ठभूमि,एक जीवन तीन युगका भाेगाईहरु,शिक्षा दीक्षा, अर्थिक अवस्था, स्वास्थ्य,चाडपर्व तथा नीति नियम विषयमा उल्लेख गरेका छन् । यसमा लेखकले कृषिनिर्भर सामन्ती युगका विशेषता र आधुनिक ओद्याैगिक वाणिज्य युगतिर सङ्क्रमण भइरहेकाे सामाजिक परिदृष्यकाे सुन्दर चित्रण गरेका छन् । यसमा लेखकले मुस्लिम समुदायकाे सामाजिक, साँस्कृतिक पक्षकाे राम्राे चित्रण छ । यसले तत्कालीन आर्थिक, सामाजिक साँस्कृतिक पक्षलाई बुझ्न सजिलाे बनाएकाे छ । गैर मुस्लिमहरुलाई मुस्लिम समुदायप्रतिकाे भ्रम चिर्दै उदात्त र कल्याणाकारी पक्ष बुझ्न सहज बनाएकाे छ ।
दाेस्राे खण्डमा " राजनीति र म" शीर्षक छ । यसमा नजीर मियाले जनप्रतिनिधि हुँदाकाे अनुभव, गाविस अध्यक्षकाे जिम्मेवारी र पाली गाविसकाे निर्माण र विकासमा खेलेकाे भूमिका, धार्मिक, सामाजिक कामकाे अनुभव, पार्टी जीवन, एमालेका नेताहरुले मुस्लिम समुदायप्रतिकाे भातृत्वपूर्ण सम्बन्ध र अर्घाखाँची जिल्लाकाे पार्टी राजनीतिकाे विषयमा उल्लेख छ । यस खण्डमा समीकाे रुखकाे ताण्डव्य नृत्य, गाेली काण्ड र बसिर मियाकाे हत्याकाे चर्चा छ । यसमा मूलत: नेपाली कङ्ग्रेस, एमाले बिचकाे कटुता र हनथापबाट भएकाे सामाजिक साँस्कृतिक विखण्डनकाे चर्चा छ । नजीरलाई पनि हत्या गर्ने याेजना रहेकाे तर बालबाल बाँचेकाे देखिन्छ । बसिर जस्तै नजीर मियाकाे पनि हत्या भई दिएकाे भए आज मुस्लिम समुदायकाे याे गाैरवलाग्दाे अवस्था आउने थिएन ।
खण्ड "ग" मा मुस्लिम जागरण र अधिकारकाे लागि निकै ठूलाे याेगदानकाे चर्चा छ । विगतका सँविधानमा मुस्लिम समुदायकाे हक र हितकाे नामाेनिसान थिएन । नेपाल हिन्दु राष्ट्र हाे भनिएकाे थियाे । अन्य धार्मिक समुदायहरु सँवैधानिक अधीनतामा थिए । समाजमा धार्मिक सहिष्णुता राम्राे भए पनि सामाजिक, साँस्कृतिक सम्बन्ध सुमधूर भए पनि अन्य धार्मिक समुदायहरु सार्वभाैम बनेका थिएनन् । यसमा संविधान निर्माण गर्दा ११ वटा मस्याैदा समितिमा मुस्लिम समुदायकाे प्रतिनिधित्व र उल्लेख गरिएका बुँदाहरुकाे विषयमा उल्लेख छ । लेखक मुस्लिम समुदायकाे उत्थानकाे लागि निकै खटेकाे देखिन्छ । अन्तरिम संविधानमा मुस्लिम समुदायप्रतिकाे नजरअन्दाज, पहिलाे सँविधानकाे लेखनकाे चरणमा मधेसी समुदायभित्र राखेकाे विषय र दाेस्राे चरणमा पहिचानसहित उपलब्धि प्राप्त गरेकाे विषय छ । यसमा नपाल इत्तेहाद मुस्लिम सङ्गठनका मागहरुकाे चर्चा छ । उनले यसमा सत्य तथ्यलाई ताेड मराेड गर्नेहरु विरुद्ध बडाे सचेततापूर्वक खण्डन गरेका छन् । मुस्लिम समुदाय हुन्, उनकाे सँस्कृति छ, उनकाे भाषा छ । उनकाे भेषभूषा छ । उनकाे धर्म छ । त्यसैले याे अरु जाति सरह पहिचान पाउन याेग्य छ भनेर प्रमाणहरु प्रस्तुत गर्न र उपलब्धि हासिल गर्न सक्षम भएका छन् । उनकाे समन्वय कला र धैर्यता राम्राे छ । उनकाे समन्वय कला र धैर्यताले उपलब्धि प्राप्त गर्न सकिएकाे देखिन्छ ।
खण्ड "घ" मा विदेश यात्रा र सिकाइ अनुभव छ । उनी संविधान निर्माणकाे सिलसिलामा बङ्गलादेश, भारत, टर्की, पाकिस्तान, साउदी अरेबिया पुगेका छन् । त्यहाँकाे सँवैधानिक अवस्थाकाे जानकारी लिएका छन् । तर उनले नेपालमा जत्तिकाे व्यवस्थित उपलब्धि अरु मुलुकमा नभएकाे बताउँछन् । नेपाली मुस्लिमकाे लागि याे गाैरवकाे विषय हाे ।
खण्ड "घ" मा मेराे बुझाइ छ । उनले यस खण्डमा जीवनका दुःख तनाव र हैरानीहरुकाे कारुणिक वयान गरेका छन् । जीवनमा सबैभन्दा खुसी भएकाे घटना सँविधानमा मुस्लिम समुदायकाे उपलब्धि लिपिबद्ध गराउन सकिएकाे र त्यसकाे घाेषणा भएकाे २०७२ असाैज तीन गतेकाे दिन बताएका छन् । जनगणनामा मुस्लिम समुदायकाे यथार्थ विवरण प्रस्तुत गरेर तथ्याङ्क निकाल्न सकेकाे बताएका छन् । चुरेटी समुदायकाे विषयमा रहेकाे तथ्याङ्क सहित दिएर भ्रम चिरेका छन् । पहाड, हिमाल र मधेस तराईमा रहेका मुस्लिम समुदायकाे पहिचान दिएका छन् । पहिचान मात्र हैन, मुस्लिम समुदायकाे आत्म सम्मानकाे पक्षमा काम गरेका छन् । नागरिकतामा लेखिएका गलत नामहरु हटाउन भूमिका खेलेका छन् । समुदाय र धर्म बिचकाे अन्तर छुट्याएका छन् । यसले गैर मुस्लिम समुदायका पाठकलाई बुझ्न र सत्य तथ्य जान्न सजिलाे बनाएकाे छ । यसमा भ्रष्टाचार र राजनीतिकाे विषयमा बताएका छन् । उनी आफू आदर्शमा चलेका छन् र आदर्शवादी राजनीतिकाे लागि नेताहरुलाई प्रेरणा दिएका छन् । समाजमा रहेका विभेदहरु, अपमानहरु, पहिचान विहीन अवस्था र चुनाैतीहरु बताएका छन् । सबैभन्दा राम्राे कुरा त उनले नेपाली मुस्लिमहरु आयातीत हैनन् आदिबासी हुन् भन्दै प्रमाण दिएका छन् ।
खण्ड "च" परिशिष्टाङ्क हाे । यसमा सरकारसँग भएका सम्झाैताहरु, वार्ता टाेलीहरु, माग पत्रहरु,सम्बाेधनका केही नमुना,जग्गाकाे सहमति पत्रहरु,पार्टी निर्वाचन आयाेगका प्रमाण पत्रहरु, केही तस्बीरहरु छन् । यसले कृतिलाई विश्वासिलाे र भरपर्दाे बनाएकाे छ ।
नजीर मिया नेपली मुस्लिम समुदायका धराेहर हुन् । उनले नेपाली मुस्लिमलाई नेपाल हिन्दुहरुकाे मात्र हाे भन्ने सँवैधानिक अधीनतालाई ताेडेर पहिचान सम्मानका साथ स्वाधीन र सबकाे साझा दस्ताबेज बनाउन ठूलाे याेगदान गरेका छन् । सँविधानकाे मर्म र भावनामै धर्म निरपेक्षता छ । सबै वर्ग र समुदायलाई अटाउने स्पेस छ । देखिने आधार छ । जाेडिने तन्तुहरु छन् । मुस्लिम समुदाय सुरक्षित भएका छन् । धर्तीमा टेकेका छन् । सार्वभाैम नागरिक भएका छन् । यसर्थ पनि नजीर मिया सबैका साझा र श्रद्धेय नेता भएका छन् । नजीर मियाले आगामी जीवनमा विविधता बिचकाे सहिष्णुता र भाइचारमा भूमिका खेल्ने उद्देश्यले अन्तर धर्मिक समन्वय समितिकाे अवधारणा प्रस्तुत गर्दै कार्यान्वयनमा जान चाहेका छन् । हामी उनकाे चाहना र सपनालाई साकार पार्न काँधमा काँध मिलाउन तत्पर छाैँ । अब सबै मिलेर मुलुक राम्राे बनाउने हाे ।
कृति सरल र सरस छ । शुद्ध छ । प्रस्तुतिमा कला पक्ष कमजाेर भए पनि विचार पक्ष निकै बजाेड छ । भावनालाई सहज सरल रुपमा पस्कन सफल भएका छन् । पृष्टावरण पनि सुन्दर छ । हामी नजीर मियाकाे सार्थक जीवन सफल, सुखमय र सुस्वास्थ्य रहाेस् भन्ने कामना गर्दछाैँ