वर्तमान समयमा विश्वका २१५ देशका नागरिकहरु नोवेल कोरोना भाईरस अर्थात कोभिड १९ बाट प्रत्यक्ष रुपमा पिडित बनेका छन्।
सन् २०१९ को अन्त्यबाट संसार भर फैलिएको यस रोगको वर्तमान समय सम्म पनि कुनै उपचार पद्धति विकसित भएको छैन। कोभिड १९ का कारणले प्रत्यक्ष रुपमा १९ करोड भन्दा बढी नागरिकहरुले नीजि क्षेत्रमा रहेको आफ्नो रोजगारी गुमाएका छन्। अन्र्तराष्ट्रिय श्रम संगठनका अनुसार यो महामारीबाट विश्वमा अल्पकालीन समयमा २१ करोड मानिसहरु बेरोजगार बनेका छन्।
यो अवस्थामा सन् २०२० मा विश्वका सबै देशहरुको अर्थतन्त्रमा संकुचन आएको छ। यसको प्रत्यक्ष असर मध्यम वर्गीय आर्थिक अवस्थाका व्यक्ति तथा परिवारमा पर्ने हुन्छ। विश्वको कुल जनसंख्यामा ७५ प्रतिशत भन्दा बढी जनसंख्या यसै वर्गमा पर्दछन्।
मध्यम वर्गीय आर्थिक अवस्था रहेको परिवार त्यस्तो परिवार हो। जसले आफ्नो दैनिक जीवनका आधारभूत आवश्यकताहरु आफ्नो जागिरबाट प्राप्त बेतनका आधारमा प्राप्ती गर्दछ। मध्यम वर्गीय परिवारको आर्थिक स्रोत भनेको देश वा वैदेशिक रोजगार बाट प्राप्त आम्दानी हो।
देशको अर्थतन्त्रमा मध्यम वर्गीय परिवारको योगदानले गुणात्मक परिणाम ल्याउन ठोस योगदान पुर्याएको हुन्छ। देशको आर्थिक विकासका लागि आवश्यक पर्ने पुँजी प्रधान र श्रम प्रधान दुवै प्रविधिको सन्तुलित परिचालनमा मध्यम वर्गीय परिवार अनिर्वाय शर्त हो। यद्धपि वर्तमान समयमा विश्व अर्थतन्त्रमा सबै भन्दा बढी पीडित र प्रताडित भएको समुदाय भनेको यही नै हो।
समाज, देश वा विदेशमा रहेका मुठी भरका उच्च वा कुलिन वर्गको र शोषण र निम्न वर्गको दोहनमा मध्यम वर्गीय परिवार नै परेको हुन्छ। हाम्रो आफ्नै सन्र्दभमा कुरा गर्दा मध्यम वर्गीय परिवारका नमुनाका रुपमा निजी क्षेत्रमा मानसिक श्रम गर्ने श्रमिकलाई बुझिन्छ। यसैबीच मध्यम वर्गीय परिवारको नेपाली परिभाषामा सरकारी स्तरमा आधिकृत भन्दा तलको बेतन सुविधा भोगी परिवारलाई पनि समेट्नु उचित हुन्छ।
नेपालको सन्र्दभमा कोभिड १९ का कारणले नीजि क्षेत्रका र सरकारी क्षेत्रमा पनि करार नीजि स्रोतमा काम गर्ने ३० लाख मानिसले आफ्नो रोजगारी गुमाएका छन् ।
यसरी रोजगारी गुमाउनेमा अधिकांश मध्यम वर्गीय आर्थिक अवस्थाका श्रमिहरु रहेका छन्। नेपालको कुल जनसंख्यामा ८० प्रतिशत नागरिकहरु मध्यम आय वर्गका रहेका छन्। कोरोना कहरको समयमा सरकारी तथा गैरसरकारी सघं संस्थाबाट प्रधान गरिने राहत कार्यक्रमले यो वर्गलाई राहत भन्दा बढी आघात र पीडा प्रदान गरेको छ।
नेपाल सरकारले गरेको पहिलो चरणको लकडाउनमा उच्च वर्गीय परिवारको नेतृत्वमा मध्यमवर्गीय परिवारको शोषण गरी निम्न वर्गीय परिवारलाई राहत प्रदान गरियो। मध्यमवर्गीय परिवारका अधिकाम्स सदस्यहरु रोजगारीमा सहभागी हुन्छन्।
जसको मासिक तलब भत्तामा निश्चित रकम काटेर समाजका उच्च वर्गीय परिवारले निम्न वर्गीय परिवारलाई राहत प्रदान गरे। यसरी प्रदान गरिएको राहतमा मध्यम वर्गीय परिवारको लगानीमा उच्च आय वर्गीय परिवारले आफ्नो भनेर अपनत्व लिने प्रयास गर्यो।
जुन प्रयासलाई समुदायमा रहेका निम्न आय वर्गीय परिवार मौन सर्मथन जनायो। यसैबीच मध्यम आय वर्गीय परिवार आफ्नो आर्थिक लगानीमा उच्च स्तरीय वर्गको दरिन्द्र चिन्तनबाट प्रताडित बनेको छ।
यसरी मानसिक रुपमा चिन्तित बनाउने एक मात्र कारण हो, आफ्नो सम्पत्तिमा अर्कैको हालीमुहाली अर्थात् उच्च वर्गीय शोषण र निम्न वर्गको दोहन।
कोरोना महामारीको फैलाबट विश्वव्यापी भए पछिका मेडिकल विज्ञानका अध्ययन अनुसन्धानहरुले विश्व बजारमा अहिले मानसिक रोगका बिरामीको संख्यामा उल्लेखनीय वृद्धि आएको छ। पछिल्लो समयमा वृद्धि भएका मानसिक रोगीहरुमा ७० प्रतिशत भन्दा बढी मध्यम आय वर्गीय परिवारका छन्।
मध्यम वर्गीय परिवारमा आर्थिक व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्नले गर्दा मानसिक तनाब बढेको छ। यसैगरी उच्च आय वर्गीय परिवारमा आगामी दिनहरुमा आफ्नो व्यवसाय, गैरकानुनी धन्दा र राजनीति सञ्चालन गर्दा कसरी बढी भन्दा बढी पैसा र प्रभाव आर्जन गर्न सकिन्छ भन्ने चिन्ताले सताएको छ।
कोरोनाका कारणले मध्यमवर्गीय परिवारमा देखिएका असरहरुलाई विषयगत रुपमा निम्न अनुसारमा प्रस्तुत गरिएको छ।
आर्थिक अवस्था
कोभिड १९ का कारणले नेपाली मध्यम आय वर्गीय परिवार तथा यिनका सदस्यहरुको आर्थिक अवस्था दयनिय छ। स्वदेश तथा विदेशमा रहेका परिवारका आर्थिक आय आर्जनका स्रोतहरु पूर्ण रुपमा बेरोजगार भएर बसेका छन्।
स्वदेशमा निजी क्षेत्रमा काम गर्ने जनशक्तिले २०७६ चैत महिना देखी आफ्नो जागिरको तलब भत्ता पाएका छैनन्। त्यसैगरी वैदेशिक रोजगारीमा रहेका जनशक्तिले सन् २०२० सुरु भएपछि पैसा देख्न पाएका छैनन्।
जसको कारणले रोजगारीका माध्यम बाट सञ्चालन हुने मध्यम आय वर्गको आर्थिक अवस्था ऋणात्मक अवस्थामा सञ्चालित छ। नेपालको सन्र्दभमा निजी शिक्षालयमा, सरकारीमा करार तथा निजी स्रोतमा, स्तरीय होटलमा आफ्नो श्रम बेच्ने जनशक्तिको आर्थिक अवस्था एकदमै जटिल रहेको छ।
यो महामारी अझै छ महिना सम्म कायम रहेको परिस्थितीमा सबै भन्दा पहिले मध्यम आय भएका परिवार रोगले भन्दा पनि भोक र अभावले मर्ने दिनहरु आउनेमा कुनै शंका छैन। विपतीको समयमा राज्य अभिभावक भन्दा पनि अधिनायक तवरबाट सञ्चालित छ। जसको कारणले गर्दा यो वर्गले एक महिना खान पुग्ने पैसा आफ्नो रोजगारीलाई सहज बनाउने साधनको कर तिर्न भयो।
यसले पनि उनिहरुको गरिबीमा थप एक ईटा राख्ने काम गरेको पाईन्छ। पछिल्लो समयमा प्रस्तुत गरिएका संघिय, प्रादेशिक तथा स्थानिय बजेटहरुमा मध्यम आय भएका परिवारको तत्कालिन आर्थिक समस्या कसरी समाधान गर्न सकिन्छ।
यस विषयमा कुनै ठोस पहलको नीति तथा कार्यक्रमहरु छैन। यसबाट प्रष्ट हुन्छ कि राज्य भनेको कुलिन तथा उच्च आय वर्गको संस्था हो जसले मध्यम आय परिवारलाई करका स्रोतको रुपमा मात्रै बुझ्ने गर्दछ।
शहरमा महंगो कोठा भाडा तिरेर आफ्नो छाक काटेर सरकारलाई कर तिर्ने यो वर्ग आर्थिक संकटमा पर्दा सरकारले कुनै आर्थिक सहायता दिएको छैन।
सामाजिक अवस्था
नेपाली समाजमा मानिसको सामाजिक स्तरमा उसको आर्थिक अवस्था महत्वपूर्ण रहन्छ। जो सँग धेरै पैसा मा नैतिकता तथा बुद्धि छ उसैलाई नै नेपाली समाजले पुज्ने गर्दछ। यस्तो अवस्थामा नैतिकतासँग डराएर आफ्नो बुद्धिको प्रयोग गरी जीवन आपन गर्ने मध्यम आय वर्गको सामाजिक स्तर निकै कमजोर छ।
कोभिड १९ भन्दा अगाडि मध्यम आग वर्गलाई निर्वाचनमा सम्झिने गर्ने गरिन्थ्यो। वर्तमान महामारीको समयमा नेपाली समाजमा यो वर्गको दैनिकीलाई लिएर अहिले सम्म कुनै बहस नहुनुले पनि यिनीहरुको वास्तविक अवस्थाको परिचय दिएको छ। अहिले नेपाली समाजमा दिन प्रतिदिन सामाजिक साँस्कृतिक मान्यताका चाड पर्वहरु नजिकिदै आईरहेका छन। जसले मध्यम आय वर्गका परिवारलाई समाजका तर्फबाट थप मानसिक तनाव सिर्जना हुने मानसिक चिन्ता बढीरहेको छ।
नेपाली समाजमा रहेका सामाजशास्त्रिहरुले कोभिड १९ पछि नेपाली समाजमा बढ्दो व्यक्तिवादी चिन्तनमा केही सुधारका संकेतहरु आउने अपेक्षा राखेको पाईन्छ। यद्दपि वर्तमान समयको कुलिन वर्गको शोषण दमनलाई हेर्दा हाम्रो समाजले मध्यम आय वर्गलाई थप पिडा दिनेमा कुनै शंका छैन।
कोभिड १९ को विरुद्घमा पहिलो लाईनमा रहेर जनताको जीवन बचाउने वर्ग भनेको मध्यम आय भएको वर्ग हो। यस सत्यतालाई भुलेर आवेग र कुण्ठाले चल्ने नेपाली समाजलाई कोभिड १९ ले केही सकारात्मक चिन्तनको विकास गराउन सफल बनोस्।
मानसिक अवस्था
कोभिड १९ ले सबै भन्दा बढी मानसिक रुपमा मध्यम आय वर्गका मानिसहरुमा असर पारेको छ। कोभिड १९ कै कारणले आफ्नो रोजगारी तथा आय आर्जनको बाटो गुमाउनु परेकोले उनिहरु उच्च मानसिक विचलनमा रहेका छन्। विश्व स्वास्थ्य संग्ठनको पछिल्लो प्रतिवेदनले सन् २०३० मा विश्व व्यापी रुपमा मानसिक स्वास्थ्य महामारीका रुपमा आउने बताएको छ।
जसको मुख्य कारणका रुपमा कोभिड १९ रहने छ। यसबाट पिडित बन्नेहरुमा ठूलो संख्यामा मध्यम आय वर्गका मानिसहरु संक्रमित हुनेछन। पछिल्लो समयमा नेपालीहरुमा कोभिड १९ का कारणले उत्पन्न मानसिक असरहरुले गर्दा दिनानुदिन आत्महत्या तथा लैंगिक हिंसाका घटनाहरुमा वृद्धि भईराखेकाछन।
विशेष गरी कोभिड १९ का कारणले मध्यम आय वर्गीय मानिसहरुमा रिस उठने, भोक तथा निद्रा नलाग्ने, एकान्तमा बस्न मन लाग्ने, शरीरमा आलस्या बढ्ने, आफ्ना नियमित कार्यक्रम गर्न मन नलाग्ने, खाना अपच हुने, टोलाउने, पढ्न मन नलाग्ने, झर्को लाग्ने, विद्युतीय साम्रगीमा घण्टौ भुल्नेजस्ता विविध मानसिक समस्याहरु देखिएका छन। नेपालको कुल जनसंख्याको ८० प्रतिशतमा रहेको मध्यम आय वर्ग कुनै न कुनै प्रकारको मानसिक रोग बाट पिडित हुने पक्का छ । जसका लागी सरकार तथा सम्बन्धित पक्षबाट कोभिड १९ का मानसिक असरहरुका बारेमा समयमा नै सोच्नु पर्ने अवस्थाको सिर्जना भईसकेको छ।
शैक्षिक अवस्था
कोभिड १९ को कारणले यतिबेला विश्वको शिक्षा प्रणालीमा निकै नै नकारात्मक प्रभाव परेको छ। नेपालमा भने विद्यालयको मासिक शुल्क तिर्न परेन भनेर रमाउनेको संख्या पनि अधिक छ। कोभिड १९ को दीर्घकालिन असर देखापर्ने एक मात्रै क्षेत्र भनेको शैक्षिक क्षेत्र नै हो।
शिक्षा र मध्यम आय वर्ग बीचमा सकारात्मक सम्बन्ध रहेको हुन्छ। किनकी मध्यम आय भएका परिवारले आफ्नो आर्थिक अवस्था सुर्धाने साधनका रुपमा शिक्षालाई लिएका हुन्छन।
जसलाई पूरा गर्ने स्रोतका रुपमा रोजगारीले महत्वपूर्ण भुमिका निर्वाह गर्नेमा यो वर्ग विस्वस्त रहन्छ। नेपाल लगायत विश्व व्यापी रुपमा अहिले शिक्षण संस्थाहरु बन्द अवस्थामा रहेका छन। जसले गर्दा विद्यालय तह तथा विश्वविद्यालयको शिक्षा प्रणालीमा प्रत्यक्ष नकारात्मक प्रभाव परेको छ।
विद्यालय तथा विश्वविद्यालयमा निजी स्रोतमा पढाउने व्यक्तिमा पेसा परिवर्तनको सोच उत्तपन्न भएका छन। वास्तविक रुपमा त्यो जनशक्तिले पेसा परिवर्तन गरेको खण्डमा मध्यम आय वर्गको सपना अधुरै रहन जानेछ।
वर्तमान समयमा पढ्न चाहने तथा विज्ञान प्रविधिले विकास गरेका प्रविधि तथा साधनहरु खरिद गर्न नसकेको कारणले कतिपय सिकारुले आत्म हत्या गरेका छन। यसबाट पनि मध्यम आय वर्गले शिक्षालाई आफ्नो जीवन चलाउने आधार बनाएको प्रमाणित हुन्छ।
नेपालमा ८ हजार भन्दा बढी निजी १० हजार बढी सरकारी विद्यालयहरु तथा १० भन्दा बढी विश्वविद्यालयले करिब २० लाख विद्यार्थीहरुलाई पठन पाठन गराईरहेका छन। वर्तमान समयमा यी सबै संस्था तथा विद्यार्थीको शैक्षिक गतिविधि बन्द छ।
२० लाख विद्यार्थीमा ९० प्रतिशत सिकारु मध्यम आय स्तरका रहेका छन। यसबाट सहजै भन्न सकिन्छ कि मध्यम आय वर्गका मानिसले आफ्नो अध्ययनलाई जीवन परिवर्तनको अस्त्रका रुपमा लिन्छन्।
२० लाख विद्यार्थीको एक वर्ष शैक्षिक गतिविधि थप्प हुदाँ दीर्घकालिन रुपमा देशमा प्रतिवर्ष १ प्रतिशतका दरले गरिबी बढ्नेमा दुईमत छैन।
पारिवारिक अवस्था
नोवल कोरोना भाईरसका कारणले मध्यम आय वर्गीय परिवारमा कलहको बिजारोपण गरेको छ। मध्यम आय वर्गीय परिवारमा दैनिक पारिवारिक खर्च व्यवस्थापन तथा समाजले हेर्ने नजरका कारणले गर्दा झगडा पैदा भएको छ।
नेपालका अधिकांश मध्यम वर्गीय परिवारले वर्तमान समयमा रोजगारी गुमाएका छन्। उनिहरुको अहिले खर्चको रकम मात्र बढिरहेको छ।
यसरी खर्च बढाउन हाम्रो समाज तथा समाजका कुलिन वर्गका परिवारका सदस्यहरु जिम्मेवार रहेका छन।
पारिवारिक खर्च बढ्नुका पछाडि समाजमा आफ्नो ईज्जत राख्नु पर्दछ भन्ने मान्यताका कारणले परिवारमा झगडा उत्पन्न हुने गरेका छन्। यसकारण कोभिड १९ ले मध्यम आय वर्गमा पारिवारिक विखण्डनको बिजारोपण गरिसकेको छ।
अन्त्यमा कोभिड १९ का कारणले सिर्जना भएका समस्याहरुलाई सबै मिलेर सामना गरिरहेको अवस्थामा हामी विश्ववन्धुत्वको भावना कायम रहयोस्।
यसको दीर्घकालीन समाभानमा विश्व जगतले गरेका हरेक प्रयासमा सफलता मिलोस्। यो महामारीमा अहोरात्र खटि विश्व मानव अस्तित्व जोगाउन लागिपरेका जनशक्तिको भावनामा ठोस पुर्याउने खालका कार्यक्रम तत्काल बन्द गरौं। संवेगात्मक क्रियाकलापलाई नियन्त्रण गर्दै हामी हाम्रा गतिविधिलाई चेतनाले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरौं। धन्यवाद।