हरेक वर्ष पोलियो खोपको आविष्कारक जोनास साल्कको जन्मदिन पारेर अक्टोबर २४ तारिखमा पोलियो मुक्त संसारको नारा सहित विश्वभर विश्व पोलियो दिवस मनाइन्छ । नेपालमा पनि ५ वर्ष मुनिका बालकालिकाहरुलाई पोलियो थोपा खुवाएर यस वर्ष विश्व पोलियो दिवस मनाइयो । पोलियो भ्याक्सिनकै कारण विश्व स्वास्थ्य संगठनले नेपाल सन् २०१० मा नै पोलियो मुक्त देश भएको जानकारी गराएको थियो ।
पोलियो (पोलियोमेलाइटिस) भाइरसले हुने संक्रमक रोग हो र यो रोग फैलाउने पोलियो भाइरस तीन प्रकारका हुन्छन् । वैज्ञानिक हिसाबले ती फरकफरक भएता पनि पक्षाघात वा मृत्यु समेत निम्त्याउने पोलियो भाइरसका लक्षणहरु चाहीँ समान हुन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरिबाट टाइप टु तथा टाइप थ्री नामक पोलियो भाइरस उन्मूलन भैसकेको छ । तर टाइप वान नामक भाइरस चाहीँ अफगानिस्तान र पाकिस्तान लगायतका केही देशहरुमा अझै देखिएको छ ।
पोलियो भाइरस विशेष गरेर रोगीको घाँटी तथा आन्द्रामा रहन्छ । पोलियो रोगीको दिसाबाट यी भाइरसहरु बाहिर निस्कन्छन् र वातावरणमा फैलिन्छन् । पोलियोको भाइरस दुषित खाना, पानी र फोहोर हातबाट बालबालिकाको शरीरमा प्रवेश गर्छ र दिसाबाट बाहिर निस्केर अरुमा सर्दछ ।
पोलियो भाइरसको संक्रमण भएमा ज्वरो आउने, रुघा–खोकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, बान्ता हुने र हात–खुट्टा दुख्ने जस्ता लक्षण तथा चिन्हहरु देखा पर्दछ । केही बालबालिकामा यसले पक्षघात गराई अपाङ्ग पनि गराउँछ भने बालबालिकाको मूत्यु समेत हुनसक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक दुई सय बिरामीमध्य एकजना बिरामीलाई हुने पक्षाघात पूर्ववत अवस्थामा फर्किन नसक्ने प्रकारको हुन्छ ।
अनेक अध्ययनहरुले देखाएको छ कि पोलियोले मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ । जन्मेदेखि एक पटक पनि पोलियो खोप नलिएका वा पोलियो खोपको पुरा मात्रा नलिएका बालबालिका यस रोगका उच्च जोखिममा हुन्छन् । समुदायमा एकजना बच्चालाई पनि पोलियो रोग भएमा अरु बालबालिकालाई सर्ने सम्भावना हुन्छ । विश्व स्वास्थ्य संगठनले भनेको छ, खोप कार्यक्रम संचालन भएतापनि खोेप सेवा राम्ररी उपभोग नभएका ठाउँका बालबालिका पनि यस रोगका जोखिममा पर्न सक्छन ।
वैज्ञानिक अध्यननहरुको हवाला दिँदै स्वास्थ्य बजारले दिएको अहिलेसम्मको सार्वजनिक जानकारी के हो भने पोलियो रोग लागेपछि यसको उपचार सम्भव छैन । पोलियो रोगको संक्रमण रोक्ने एकमात्र प्रभावकारी उपाय भनेको खोप तालिका अनुसार पोलियो रोग बिरुद्ध पोलियो खोप दिनु नै हो । अहिले बजारमा पोलियो रोग बिरुद्ध दिइने दुई किसिमका खोपहरु उपलब्ध छन् । मुखबाट खुवाइने पोलियो रोग विरुद्धको ओपिभि खोप र सुईको माध्यमबाट दिइने एफआईपिभी खोप । ओपिभि खोप नियमित खोप कार्यक्रम मार्फत पोलियो थोपा बच्चा जन्मेको ६,१० र १४ हप्तामा जम्मा ३ पटक दिइने गरिन्छ भने यसको अतिरिक्त ५ वर्ष मुनिको बालबालिकालाई हरेक पोलियो खोप अभियानमा पनि पोलियोको दुई थोपा खुवाउने गरिन्छ ।
एफआईपिभी खोप ६ र १४ हप्ताको उमेरमा सुईको माध्यमबाट दिइने खोप हो, यो खोप मुखबाट खुवाउने पोलियो खोपको अतिरिक्त दुई पटक दिइने गरिन्छ । भनिन्छ, एफआईपिभीले पोलियो रोग विरुद्ध लड्न थप प्रतिरोधात्मक शक्ति प्रदान गर्छ ।
अतः यसरी विश्वभरि ठूलो स्तरमा चलाइँदै आएको खोप कार्यक्रम पोलियोविरुद्धको लडाइँमा महत्वपूर्ण साबित भएको विश्व संगठनको दावी छ । तथ्यांकलाई हेर्ने हो भने पोलियो खोप निमार्ण हुनु भन्दा पहिला विश्वका १ लाख बालबालिका मध्य २० जना पोलियो शिकार हुने गर्थे । तर पोलियो खोपसँगै पोलियो पीडितहरुको संख्या घट्दै गयो । यसलाई पोलियो खोपको महत्वपुर्ण ठानिरहँदा पक्षघातबाट पीडित बालबालिकाहरुको संख्या भने घटेको देखिँदैन भने पक्षघातको अलवा बालबालिकाहरु अटिज्म, टाइप वान डाइबेटिज लगायतका रोगहरु बढेको देखिन्छ । त्यसैले पोलियो खोपको अर्को पाटोको अध्ययन गर्न पनि त्यत्तिकै जरुरी छ ।
विश्वका कतिपय चर्चित चिकित्सक तथा वैज्ञानिकहरुको दावी छ, पोलियो खोपले लाभ भन्दा हानी बढी गरेको छ, बालबालिका पक्षघात, अटिज्म, टाइप वान डाइबेटिज तथा अन्य दीर्घरोगहरु जन्माएको छ । भारत सरकारको तथ्यांक अनुसार भारतमा सन् २००० देखि २०१७ सम्म पोलियो भ्याक्सिनका कारण ५० हजार भन्दा बढी बालबालिकाहरु पक्षघातको शिकार भएको छन् । यो सरकारी तथ्यांक हो । तर अध्ययनको यो पाटोलाई ठुला फार्मा कम्पनीहरुले पावर र पैसाको बलमा दबाएर राखेका छन् । र, भाइरस संक्रमणको कुनै उपचार हुँदैन भन्ने डर देखाएर देश र जनता लुटिरहेका छन् ।
यहाँ उल्लेखनीय कुरा के भने पोलियो थोपा त्यही पोलियो भाइरस हो, जसले बालिबालिकालाई पोलियोग्रस्त बनाउँछ, फरक यत्ति हो, पोलियो थोपाको माध्यमबाट खुवाइने भाइरस केही कमजोर रुपमा हुन्छ, तर जीवत अवस्थमा नै हुन्छ । इन्एक्टिभेटेड पोलियो भ्याक्सिनको सिद्धान्त के हो भने यसले शरीरमा प्रवेश गरेपछि तीनै प्रकारका पोलियो भाइरसहरु विरुद्ध लड्न रगतमा एन्टिबोडिज बनाउँछ । जब बालबालिकामा पोलियो भाइरसको संक्रमण हुन्छ, तब यसले पोलियो भाइरस केन्द्रिय स्नायुप्रणालीमा पुग्न दिँदैन र पक्षघातबाट बचाउँछ । अब प्रश्न उठ्छ, यदि पोलियो थोपाले यसरी काम गर्दथ्यो भने किन अहिले पनि ५० औं हजार बालबालिकाहरु पक्षघातबाट पीडित छन् ? अर्को कुरा पोलियो थोपाको रुपमा खुवाइएको पोलियो भाइरसले एन्टिबोडिज बनाएन भने के हुन्छ ? यसतर्फ पनि ध्यान दिन जरुरी छ कि छैन ? त्यसैले त अमेरिकाका एक चर्चित चिकित्सक डा. हर्टबर्ट सेल्टनले भनेका छन्, खोपमाथि विश्वास गर्नु भनेको एक भ्रमपूर्ण पागलपना हो ।
(लेखक मनोविद् हुन् ।)