सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा विश्व प्रख्यात फोब्र्स नामक अंग्रजी पत्रिकाले सन् २०२० मा घुम्नुपर्ने ठाउंमध्ये नेपाल पहिलो नम्वरमा रहेको निश्कर्ष निकाल्दै आर्टिकल प्रकाशन गरेको छ । जसका कारण पनि सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० मा लाखौं लाख पर्यटन नेपाल आउनेमा कुनै सन्देह छैन । सरकारले २० लाख पर्यटन भित्राउने लक्ष्य राखेपनि त्यो भन्दा अझ धेरै पर्यटक नेपाल भित्रिने अपेक्षा नीजि क्षेत्रको छ । यस्तो अवस्थामा सरकार र नीजि क्षेत्रले पर्यटन पूर्वाधारका साथै पर्यटकहरुकोे स्वागतका लागि सम्पूर्ण तयारी गर्नुपर्ने आवश्यकता छ ।
नेपाली इतिहासमा पर्यटन
सन् १९५० मा फ्रेञ्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरेपछि नेपालमा पर्यटनको ढोका खुलेको मान्यता छ । पहिलोपटक आठ हजार मिटरमा मानव पाइला परेको त्यो सफलता संसारभरि चर्चाको विषय भयो । नेपाल संसारभरि हिमालको मुलुक भनेर चिनियो । हुन पनि आठ हजार मिटरभन्दा अग्ला १३ हिमाल त नेपालमै थिए । सन् १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा चुमे । रोयल होटेल खोलेर नेपालमै बस्न थालेका बोरिस लिसानोभिचले सन् १९५७र५८ मा पर्यटकलाई घुम्ने प्याकेज बेच्न थालिसकेका थिए ।
त्यहीबेला जिम कोपम्यानले हन्टिङ कम्पनी र टाइगर टप्स रिसोर्ट (सन् १९६६) मार्फत वन्यजन्तुका सौखिन पर्यटकलाई आकर्षित गर्न थालेका थिए । यसका कारण विश्वमा चर्चित अफ्रिका वन्यजन्तु पर्यटनको पायोनियर नेपालले तान्न सफल भएको मान्यता छ । योसँगै नेपालमा पर्यटकीय गन्तव्यको समेत चर्चा भइरहेको थियो । अन्नपूर्ण पदयात्रा विश्वमा चर्चित थियो । नेपालको जंगल पर्यटन, बन्यजन्तु पर्यटन, र्याफटिङ पर्यटनदेखि हिमाल आरोहण गर्ने र टे«किङ पर्यटनले विस्तारै गति लिँदै थियो ।
टाइगर टप्सले नेपाल जंगल सफारीका लागि उचित गन्तव्य हो भनेर ब्रान्डिङ गर्यो । पर्यटन ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने उखानसँग मिल्ने व्यवसाय हो । अफ्रिका त के भारतकै तुलनामा पनि नेपालका जंगलमा वन्यजन्तु नगन्य हो । तर, यसलाई एकसिंगे गैंडा र पाटे बाघ देखिने ठाउँका रूपमा प्रचार गरियो । अफ्रिकामा जंगल निस्केपछि हुलका हुल वन्यजन्तु पाइने, यहाँ त्यस्तो हुन्थेन । निस्किने बित्तिकै वन्यजन्तु देखिनुको के मज्जा, देख्छु कि देखिन्न भन्ने कौतुहलता हुँदा पो मज्जा भनेर प्रचार गरियो । यसका कारण विश्वमा नेपाललाई हिमालयको देशसँग विश्वमा लोप हुन लागेको बन्यजन्तु एकै पटकमा हेर्न पाइने भनेर चिनिएको थियो ।
त्यसबेला युरोप र अमेरिकाबाट आउने पर्यटक भारतको नयाँ दिल्लीसम्म हवाई जहाज हुँदै नेपाल बसमा आउँथे । पर्यटकी गन्तव्य भरिपूर्ण देश नेपाल भनेर सीएनएन, बीबीसीलगायतका चर्चित सञ्चार माध्यले पनि प्रचार सुरु गर्न थालिसकेका थिए । जब नेपाल वायु सेवा निगममा स्थापना भएपछि पर्यटन विकासले गति लिन थालेको हो । नेपालको एक मात्रै त्रिभुवन विमानस्थलमा विश्वका विभिन्न एयरलायन्स कम्पनीले पनि उडान सुरु गरैसँगै नेपालको पर्यटन विस्तारै उकालो लाग्न थालेको थियो ।
यसरी विकास हुँदै आएको पर्यटनमा निजी क्षेत्रको पूर्णसहयोग छ । पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न नेपालमा सन् १९९८ सम्म कुनै बलियो निकाय थिएन । नेपाल पर्यटन विभागले नै आफ्नो वार्षिक कार्यक्रमका लागि विनियोजन भएको रकमको केही अंश पर्यटन प्रवद्र्धनमा खर्च गर्दथ्यो ।
अहिले सन् २०२० भित्र तारे होटेलका मात्रै चार हजारभन्दा बढी कोठा थपिँदैछन् । यी कोठा भरिभराउ हुन पनि मासिक दुई लाखभन्दा बढी पर्यटक आवश्यक पर्छ । अहिले सञ्चालनमा रहेका होटेलमा सिजनमा ७० प्रतिशत र अन्य समयमा ५० प्रतिशत पनि पर्यटक भरिभराउन छैनन् । होटेलको अकुपेन्सीमा पनि ७० प्रतिशत आन्तरिक पर्यटकको हिस्सा छ । पर्यटन उद्योग नै नेपालमा डलर ल्याउन सक्ने एउटा मात्रै क्षेत्र भएको ठहर गर्दै सरकारले निजी क्षेत्र साझेदारीमा सन् २००७ देखि सुरु गरेको कार्यक्रम प्रभावकारी हुंदै छ ।त्यसैले गर्दा आजको दिनसम्म आइपुग्दा यहांको पर्यटनले केही प्रगती भने हासिल गरेको छ ।
यद्यपी विश्व अर्थतन्त्रको एक चौथाई हिस्सा ओगट्ने पर्यटन क्षेत्र नेपालमा भने अझै शिशु नै छ । सन् १९५३ पछि पर्यटनलाई संस्थागत गर्ने राज्यको नीति भए पनि यसले सन् १९९८ को नेपाल भ्रमण वर्षको राष्ट्रिय कार्यक्रमपछि नागरिक तहमा वहसको रुप लिन थालेको हो । सन् १९९८ यताको करीब १७ वर्षको अवधिमा नेपालको पर्यटन उद्योग अपेक्षाकृत विकास हुन भने सकेको छैन ।
नेपालको पर्यटन विकास धेरै पछाडि छ । नेपाली पर्यटनको विश्व बजारमा पहुँच पुग्न सकेको छैन । मूलतः ग्रामीण पर्यटनमा नेपालको बलियो सम्भावना भए पनि त्यसको सही सदुपयोग गर्न सकिएको छैन । सरकारले पर्यटन नीति २०६५ जारी गरी होमस्टे सञ्चालन निर्दे्शिका २०६७ कार्यान्वयन गरेको छ । यसको मूल उद्देश्य भनेको नै घरबास कार्यक्रममार्फत गाउँ पर्यटनलाई उभो लगाउने हो ।
पहिलेपहिले कामविशेषले वा यसै घुम्न जाँदा अरुका घरमा पाहुना लाग्ने नेपालीको चलन हो । सायद धेरैजसो अगाडि नै खबर नदिई अर्थात् तिथि नतोकी अपर्झट आउने भएकाले नै पाहुनालाई ‘अतिथि’ भनिएको हुनुपर्छ । यो पनि पर्यटन सुरुवातको एउटा पाटो हो । आफ्ना कुनै सम्बन्ध नभए पनि मितको समेत साइनो गाँसेर पाहुना लाग्ने चलन हाम्रो संस्कृतिको एउटा बलियो पाटो थियो ।
२०५० सम्म मौलाएको यो पाहुना संस्कृतिमा त्यसपछिका वर्षमा खासगरी माओवादी र राज्यको द्वन्द्व सुरु भएपछि, केही धाँजा फाटे । कसैको घरमा त्यतिकै पाहुना लाग्न जानु वा बास माग्नु असम्भवजस्तै थियो । त्यसपछि आन्तरिक पर्यटनमा धेरै प्रभाव पर्यो । त्यसबेला आफ्नै देशका अन्यत्र ठाउँमा पाहुना बन्न नपाएपछि हाम्रो आन्तरिक पर्यटन निकै खल्बलियो । सन् २०१५ पर्यटन उद्योगका लागि सर्वाधिक निराशाजनक वर्ष रह्यो । अघिल्लो वर्षका तुलनामा यसमा ३१.७८ प्रतिशत कम अर्थात् ५ लाख ३८ हजार ९ सय ७० मात्र पर्यटक आए । यो ६ वर्ष यताकै कम संख्या हो । शक्तिशाली भूकम्पको प्रभावका कारण खस्किएको पर्यटनमा केही सुधार देखिएको मात्र के थियो, फेरि मधेस आन्दोलन र नाकाबन्दीले अर्को धक्का लायो ।
पर्यटनका सम्भावना र हाम्रा जिम्मेवारी
नेपालमा पर्यटकलाई आकर्षण गर्न र पर्यटकको संख्या उल्लेखनीय रूपमा भित्राउनका लागि सन् १९९८ मा नेपाल भ्रमण वर्ष, सन् २००२ र २००३ मा गन्तव्य नेपाल, सन् २००७ मा पोखरा भ्रमण वर्ष, सन् २०११ मा नेपाल पर्यटन वर्ष, सन् २०१२ मा लुम्बिनी भ्रमण वर्ष आयोजना भएको थियो । त्यसैगरी कर्णाली प्रदेशले सन् २०१८ लाई रारा–कर्णाली भ्रमण वर्ष र प्रदेश ५ सरकारले अहिले लुम्विनी भ्रमण वर्ष २०७६ सञ्चालन गरिरहेको छ । यही सन्दर्भमा सरकारले घोषणा गरेको भिजिट २०२० अर्को एउटा महत्वपूर्ण कार्यक्रमको रुपमा अगाडी आएको छ । भ्रमण वर्ष अभियानले आन्तरिक एवं वाह्य पर्यटनलाई प्रवद्र्धन गर्ने भएकोले यस्ता अभियानलाई नियमित र प्रभावकारी बनाउन आवश्यक छ ।
सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा विश्व प्रख्यात फोब्र्स नामक अंग्रजी पत्रिकाले सन् २०२० मा घुम्नुपर्ने ठाउंमध्ये नेपाल पहिलो नम्वरमा रहेको निश्कर्ष निकाल्दै आर्टिकल प्रकाशन गरेको छ । जसका कारण पनि सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० मा लाखौं लाख पर्यटन नेपाल आउनेमा कुनै सन्देह छैन । सरकारले २० लाख पर्यटन भित्राउने लक्ष्य राखेपनि त्यो भन्दा अझ धेरै पर्यटक नेपाल भित्रिने अपेक्षा नीजि क्षेत्रको छ । यस्तो अवस्थामा सरकार र नीजि क्षेत्रले पर्यटन पूर्वाधारका साथै पर्यटकहरुकोे स्वागतका लागि सम्पूर्ण तयारी गर्नुपर्ने आवश्यकता छ । फोब्र्सले अन्नपूर्ण क्षेत्र,चितवन,बर्दिया लगायतका पर्यटकीय गन्तब्यहरुको चर्चा गरेकाले ती क्षेत्रमा पर्यटहरुको रोजाइ पर्न सक्ने कुरामा विशेष चनाखो हुनुपर्छ ।
पर्यटन विकासको माध्यमद्वारा आर्थिक समृद्धिको अपार सम्भावना रहेको र पर्यटन क्षेत्र आफैँमा प्रतिस्पर्धी उद्योग भएकोले यसको विकास एवं विस्तार गर्नका लागि गुणस्तरीय सेवा र सन्तुष्टिको खाँचो पर्छ । पर्यटन क्षेत्रको सफलताको मुख्य आधार अन्तराष्ट्रिय स्तरमा राम्रो छवि, सुदृढ पूर्वाधारको व्यवस्था, प्रबद्र्धन तथा बजारीकरण हो । प्रदुषणमुक्त शहर, स्वास्थ्य सुविधा, स्वतन्त्रतापूर्वक घुमफिर गर्ने वातावरणको प्रत्याभूति सहितको सुरक्षा व्यवस्था, गन्तव्यसम्म पुग्ने सहज र सुरक्षित हवाई सेवा एवं सडक यातायातको उचित व्यवस्थापन, गुणस्तरीय होटलको व्यवस्था, राम्रो आतिथ्य सत्कार सेवा, अनुपम प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण एवं व्यवस्थापन आदि जस्ता कार्यमा ध्यान पुग्न सकेमा पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन सकिनेछ ।
नेपाललाई अन्तराष्ट्रिय स्तरमा पर्यटनको लागि एउटा प्रमुख गन्तव्य स्थलको रूपमा स्थापित गर्दै बढीभन्दा बढी पर्यटक भित्राउन राज्यले विविध आकर्षक कार्यक्रमको अतिरिक्त नेपाल भ्रमण वर्ष अभियान कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । यो वर्ष घोषणा भएको भिजिट २०२० लार्ई मौसम अनुकूल बनाउन बेमौसममा नेपाल आउन चाहने पर्यटक र पर्यटक ओसार पसार गर्ने वायुसेवालाई विशेष सुविधा एवं प्रोत्साहन गर्न जरुरी छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्न निजी क्षेत्रको समन्वयमा पर्यटकीय प्याकेजको विकास गरी कर्मचारीलाई यात्रा उत्पे्ररणा बिदा, शैक्षिक भ्रमण र अध्ययन अवलोकन भ्रमणको व्यवस्थाका लागि प्रोत्साहन गर्ने नीतिले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्छ ।
पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायको विविधीकरण एवं विस्तार भएमा यसले आम मानिसको जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि गरी जीवनस्तरमा सुधार ल्याउनेछ । अन्तराष्ट्रिय हवाई यातायात सेवालगायत पर्यटन सेवासँग सम्बद्ध सबै प्रकारका पूर्वाधार विकास गर्दै पर्यटन सेवा उद्योगको संख्यात्मक एवं गुणात्मक वृद्धि गर्नु आवश्यक छ । पर्यटन व्यवसायीले आचार संहिताको पालना गरी पर्यटन व्यवसायलाई व्यवस्थित, मर्यादित एवं प्रभावकारी बनाउनुपर्छ ।
पदयात्रा तथा पर्वतारोहण नेपालको पर्यटनको प्रमुख आकर्षक गन्तव्य हो । सामान्यतया नेपाल आउने पर्यटक बिदा र मनोरञ्जनको उद्देश्यले ७० प्रतिशत, कुल पर्यटकमध्ये लगभग १३ प्रतिशत पदयात्रा तथा पर्वतारोहणका लागि आउँछन् । पदयात्रा तथा पर्वतारोहणका लागि आउने पर्यटकमध्ये जर्मनी, उत्तर अमेरिका, फ्रान्स, बेलायत र अष्ट्रेलियाबाट आउनेले मात्र करिब ५० प्रतिशत स्थान ओगटेको पाइन्छ ।
सन् २०१८ मा कुल पर्यटकमध्ये हवाईमार्ग हुँदै ७९ प्रतिशत र स्थलमार्गबाट २१ प्रतिशत नेपाल भित्रिएको पाइन्छ । भारतबाहेक स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुकमा क्रमशः श्रीलङ्का (३१ दशमलव २ प्रतिशत), थाइल्याण्ड (१६ दशमलव १ प्रतिशत), चीन (१५ दशमलव ९ प्रतिशत), म्यानमार (१४ दशमलव ७ प्रतिशत) र बङ्गलादेश (७ दशमलव ० प्रतिशत) रहेको छ । नेपालमा आउने कुल पर्यटकको अवस्थालाई विश्लेषण गर्दा सन् २०१८ मा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुकमा क्रमशः भारत, चीन, अमेरिका, बेलायत र श्रीलङ्का पर्छन् । यी मुलुकबाट आउने पर्यटकले कुल पर्यटकको ४७ प्रतिशत अंश ओगट्ने तथ्याङ्कले देखाउँछ । यो वर्ष पनि करिव करिव यही आंकणा पर्यटन वोेर्डले निकालेको छ । यद्यपी अन्तिम आंकणा आउन बांकी छ।
मुलुकमा पर्यटक आगमनमा वृद्धि भए पनि पर्यटकको बसाइ अवधि बढ्न सकेको छैन । अतः पर्यटकलाई आकर्षित गरी अधिकतम सेवा, सुविधा र सन्तुष्टि दिने कार्यमा उचित ध्यान दिन सकेमा मात्र पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ ।
नेपाललाई आर्थिकरूपमा समृद्ध बनाउन राज्यले आधारभूत भौतिक पूर्वाधारको व्यवस्थापन गर्न आवश्यक छ । विदेशी पर्यटकका लागि आवश्यक सेवा समयमै उपलब्ध गराउनुपर्छ । पर्याप्त सूचनाका लागि स्वदेशभित्रै होटल, ट्राभल र टूर अपरेटरबीच सञ्जाल स्थापना गर्न नसक्नाले पर्यटकले हैरानी व्यहोर्नु परेको अवस्था छ भने नेपाल आउन खोज्ने विभिन्न देशका पर्यटकलाई सोझै यहाँ आउनसक्ने भरपर्दाे हवाई सेवाको सञ्जाल विस्तार गर्न सकिएको छैन । एउटै मात्र अन्तराष्ट्रिय विमानस्थलबाट मुलुकको पर्यटन क्षेत्र फस्टाउन सक्दैन । यसका लागि अन्तर्रा्ष्ट्रिय हवाई सेवाको सञ्जालमा वृद्धि गर्न आवश्यक छ । राज्यले निर्माणाधिन अन्तर्रा्ष्ट्रिय एवं क्षेत्रीय विमानस्थल जतिसक्दो चाँडो सम्पन्न गरी सञ्चालनमा ल्याउन अग्रसर हुनुपर्छ । घरेलु विमानस्थलको सञ्जाललाई पनि विस्तार गर्दै गुणस्तरीय सेवामा राज्यको प्रयास केन्द्रित हुँदा सकारात्मक प्रभाव पार्नेछ ।
नेपालका होटलहरूमा शैक्षिक योग्यता, व्यवसायिक दक्षता र लगाव कम भएका जनशक्तिको बाहुल्यताका कारण प्रतिस्पर्धात्मक क्षमता निर्माण गर्न कठिनाइ भएको छ । यो अवस्था विशेषगरी काठमाडौँ उपत्यकाभन्दा बाहिरका र धेरै दुर्गम स्थानका होटल तथा रिसोर्टहरूमा विद्यमान छ । यस्ता क्षेत्रहरूमा कम पढेलेखेका तथा निम्न आय भएका युवाका लागि पर्यटन वा होटल व्यवस्थापनसम्बन्धी आवश्यक ज्ञान एवं सीपको व्यवस्था गरी पर्यटन सेवाको गुणस्तरीयतामा वृद्वि ल्याउन सकिन्छ । यसैगरी शान्ति सुरक्षाको प्रत्याभूति, वातावरण तथा प्रदूषण व्यवस्थापनमा सुधार, श्रमिक तथा व्यवस्थापनबीचको सम्बन्धमा सुधार, बन्द, हडतालजस्ता क्रियाकलापका माध्यमबाट सार्वजनिक सेवामा बाधा नपु¥याउने प्रतिबद्धता, नियमित र भरपर्दो विद्युत् आपूर्ति व्यवस्था, सुरक्षित, भरपर्दो र नियमित विमान सेवा, व्यवसायीबीच स्वस्थ प्रतिस्पर्धाको खाँचो पर्छ ।
निश्कर्ष
मुलुक सङ्घीय संरचनामा आधारित भएकोले हरेक प्रदेशले पर्यटन क्षेत्रको विकास, विस्तार एवं विविधीकरणमा ध्यान दिँदै अधिकतम लाभ हासिल गर्ने दिशामा अगाडि बढ्नुपर्छ । मूलतः व्यवसायिक पर्यटन, पर्वतारोहण, पदयात्रा, जलयात्रा, साहसिक पर्यटन, सांस्कृतिक एवं धार्मिक पर्यटन, खेलकुद, शैक्षिक, स्वास्थ्य, कृषि पर्यटन आदि जस्ता क्षेत्रहरुको प्रवद्र्धन एवं विकास गर्न सकेमा मनग्यै लाभ लिन सकिन्छ ।
पर्यटन क्षेत्रको विकास एवं प्रवद्र्धनमा सरकारले सहजकर्ता, नियमनकर्ता, समन्वयकर्ता र उत्प्रेरकको भूमिका निर्वाह गर्दै मूलतः पर्यटकीय पूर्वाधार, जनशक्ति विकास, सुरक्षा, उद्दार, अध्ययन–अनुसन्धान, वैदेशिक समन्वयजस्ता कार्यमा केन्द्रित हुन आवश्यक छ । पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको अधिकतम सहभागिताबाट राज्यले बढीभन्दा बढी पर्यटक भित्राउने रणनीति बनाउनुपर्छ । पर्यटन उद्योगलाई आर्थिक विकासको मेरुदण्डको रूपमा स्थापित गर्न राज्यको प्रयास केन्द्रित हुनुपर्छ । अनि मात्र पर्यटन क्षेत्रबाट अधिकतम लाभ हासिल गरी मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउन सकिनेछ ।